वि.सं.: २०८२, पुस १३ आइतबार
इ.स.: 2025 December 28,SUNDAY
वि.सं.: २०८२, पुस १३ आइतबार
गोङ्गवु आवास क्षेत्रमा कृषि मेला सुरु
काठमाडौँ । महानगरबासीलाई ताजा तरकारी, अन्न र फलफुल उपलब्धता गराउन काठमाडौँ महानगरपालिकाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले बताउनुभएको छ । शनिवारदेखि गोङ्गवु आवास क्षेत्रमा सुरु भएको कृषि मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वडाको सहयोगमा रैथाने एग्रो प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजना मेला आयोजना गरिएको हो ।
‘यस्ता मेलाले उपभोक्ताहरुलाई स्थानीय उत्पादन चिन्न सहयोग गर्छ । बस्तुको बजारीकरण र प्रवर्धनका लागि यसरी बस्तु पहिचान गर्नु नै मुख्य कुरा हो ।’ तिवारीले भन्नुभयो, ‘हामी महानगरका अन्य वडामा पनि यस्ता मेला विस्तार गर्ने योजनामा छौँ । यही मेलाको स्टलका लागि नपुग २० वटा टेवल पनि उपलब्ध गराउँदैछौँ ।’
रैथाने एग्रो प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङका अनुसार मेलामा नेपालका ५५ जिल्लाका मौलिक तथा रैथाने उत्पादनहरू प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् । विभिन्न जिल्लामा उत्पादन भएका मह, सिस्नोको धुलो, अर्गानिक चामल, गेडागुडी, सातु, सुन्तलाका साथै स्थानीय स्तरमा उत्पादित कपडाहरू मेलाका मुख्य आकर्षण हुन् ।
कृषि उपजका उत्पादक र उपभोक्ताको सिधा सम्बन्ध मेलाको मुख्य विशेषता हो । मेला पुस १७ गतेसम्म चल्नेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App