वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
बालाजु पौडी पोखरी सञ्चालन भएको पहिलो दिन २ सय ५ जनाले सेवा लिँदा ४० हजार १ सय रुपैयाँ शुल्क संकलन भएको छ । जसमा १३२ जना पूरा शुल्क तिर्ने हुनुहुन्थ्यो भने विद्यार्थी छुट लिने ७३ जना हुनुहुन्थ्यो । विद्यार्थी छुट शुल्क १५० रुपैयाँ हो । उहाँहरुमध्ये ५५ जनाले लकर सुविधा लिनुभयो । बालाजु वाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जनविक्रम बस्नेतका अनुसार यो तथ्याङ्क दिउँसो ३ बजेसम्मको हो ।
उपत्यकाव्यापी महिला व्हील चेयर बास्केटबल प्रतियोगितामा व्हील चेयर स्पोर्टस् एशोसिएसन (डब्लु.एस.ए.) ले प्रथम स्थान हासिल गरेको छ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा जावलाखेल व्हील चेयर स्पोर्टस क्लब ( जे.डब्लु.एस.सी.) ले दोस्रो स्थान, स्पाइनल कड इन्ज्युरी नेटवर्क नेपाल ( एस.सी.आइ.एन.एन.) ले तेस्रो स्थान हासिल गरे । विजेता टीमलाई महानगगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, नगद पुरस्कार, मेडल, ट्रफी प्रदान गर्नुभएको थियो भने कार्यपालिका सदस्य महेश नेपालीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय भिक्षुणी संघ, गौतमी भिक्षुणी विहार परिसरमा चपाः फल्चाको शिलान्यास भएको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, वडाध्यक्षहरु आशामान संगत, राजेशकुमार श्रेष्ठ, मचाराजा महर्जनसहित भिक्षुणी विहारका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो । लुम्बिनीमा विदेशी शैली र स्वरुपका विहारहरु छन् । त्यहाँ नेपालीपनका कुनै पनि विहार नभएकोले यसको प्रवर्धनका लागि काठमाडौँ महानगरपालिकाले सहकार्यमा काम गरिरहेको उपप्रमुख डंगोलले शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय, ५२४ वटा संस्थागत विद्यालय, २७ वटा धार्मिक तथा वैकल्पिक विद्यालय र २८ वटा सामुदायिक सिकाइ केन्द्र छन् । विद्यालयमा अध्ययरत २ लाख ७२ हजार २६३ जना विद्यार्थीमध्ये सामुदायिक विद्यालयहरुमा ६१ हजार ३२९ जना र संस्थागत विद्यालयहरुमा २ लाख १० हजार ९३४ जना विद्यार्थी छन् ।
प्रशिक्षक उमेरजंग रायमाझीले, घरमा ग्याँस ल्याउँदा गुडाएर नल्याउन, गुडाएर ल्याएको भए आधा घण्टासम्म रेगुलेटर नजोड्न, लाइटर बालेर ग्याँस लिक गएको परीक्षण नगर्न, ग्याँस सकियो भनेर सिलिण्डर लडाएर प्रयोग नगर्न सुझाव दिनुभयो । नयाँ ग्याँस जोड्नु अघि लिकेज थाहा पाउन पानीको थोपा राखेर हेर्दा पानीमा फोका देखियो भने लिक भएको थाहा पाउ
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ७ ले सहिद सहिद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा वुद्धिचाल प्रतियोगिताको उपाधि प्राप्त गरेको छ । वडा नम्बर २२ ले टेबहाल (संकटा मन्दिर परिसर)मा आयोजना गरेको २ दिने ¥यापिड रेटिक चेस प्रतियोगिताकामा वडाले उपाधि पाएको हो । प्रतियोगितामा वडा ७ ले १३ म्याच प्वाइन्ट बटुलेको थियो । विजेता टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।
त्रिपुरेश्वर, भोटेवहाल, थापाथली, सुन्धारा, बबरमहललगायत काठमाडौँ महानगरपालिका वडा नम्बर ११ का सबैजसो ठाउँमा ढल निकास प्रणाली निर्माण गरेर पानीको निकास दिने कामलाई प्राथमिकतामा राख्नु पर्ने वडाबासीले माग गर्नुभएको छ । ढलको आकार बढाउनु पर्ने, सफा गरेर पानीको निकास निर्वाध बनाउनु पर्ने माग राख्दै उहाँहरुले बाढीजन्य विपदबाट आफूहरुलाई डर लागि रहेको बताउनुभएको छ । वडाले आयोजना गरेको आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजनाको सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुका कार्यक्रममा बोल्ने स्थानीयबासीले गएको वर्षको बाढीले पुर्याएको क्षति, मेलम्ची खानेपानीको पाइप लाइन फुट्दा उत्पन्न त्रास र यस वर्ष औसतभन्दा माथि बर्षा हुने पूर्वानुमानका विषयमा कुरा गर्दै उहाँहरुले पानीको सहज निकास आवश्यक रहेको बताउनुभएको हो ।
पोखरीमा १८ लाख लिटर पानी अट्ने क्षमता छ । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरीमा प्रयोग हुने पानीको शुद्धिकरणका लागि पानी शुद्धीकरण प्लान्ट स्थापना गरिएको छ । पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ । १५० जना क्षमताको दर्शक बस्ने ठाउँ छ । व्यवस्थित शौचालय र स्नान घर छ । लकरहरुको व्यवस्था गरिएको छ । पोखरीको वरिपरि काँडे तारले सुरक्षा लगाइएको छ ।