
वि.सं.: २०८२, भदौ १८ बुधबार
इ.स.: 2025 September 3,WEDNESDAY
वि.सं.: २०८२, भदौ १८ बुधबार
तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक र वाह्य कक्षाहरु प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोग, कुटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिनेछ । यसरी सैद्धान्तिक रुपमा सिकेका कुरालाई वाह्य कक्षामा प्रयोग गरिनेछ ।
मेलाको अर्को आकर्षण विद्यालयमा दिवा खाजाका रुपमा खुवाइने खाजा थियो । विद्यार्थीहरुले विद्यालयहरुमा ३० रुपैयाँमा कस्तो खाजा खाँदा रहेछन्, भन्ने जानकारी दिन विद्यालयकै भान्छा सञ्चालकहरुले खाजा वितरण गरेका थिए । दुई दिनमा करिब २ लाख ५० हजार रुपैयाँको खाजा विक्री भएको शिक्षा विभागले जानकारी दिएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ । मेला भोलिसम्म चल्नेछ । म...
नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उहाँले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गर्नुभएको थियो । नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गर्नुभएको थियो ।
मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिनेछन् । मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरुले सहजीकरण गर्नुहुनेछ । प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरु नै हुनेछन् ।
काठमाडौँ महानगरपालिका वडा नं. २२ को स्वास्थ्य प्रवर्धन केन्द्रले तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा २५४ जनाको परीक्षण गरिएको छ । यसमा मधुमेह र उच्च रक्तचापको समस्या भएका १३० जना विरामी हुनुहुन्थ्यो । उहाँहरुमध्ये १९ जनामा समस्या देखिएको छ । ९ जनाको भने थप उपचार गर्नु पर्नेछ ।
४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकाको उद्धार गरिएको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा हुनुहुन्छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुव्र्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ । पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं. ६ ले आयोजना गरेको विद्यालय स्तरीय वडाध्यक्ष कप पहिलो बास्केटबल प्रतियोगितामा ४६ स्कोरसहित गोल्डेन पिक माध्यमिक विद्यालय विजेता बनेको छ । यही टिमका सोनाम शेर्पाले बेस्ट स्कोरर उपाधि प्राप्त गरे । फागुन ९ गते सम्पन्न फाइनल खेलमा मंगलदीप माध्यमिक विद्यालयलाई पराजित गर्दै गोल्डेन पिक विजेता बनेको हो । मंगलदीपले ३६ स्कोर गरेको थियो । प्रतियोगिताका विजेतालाई वडाध्यक्ष भुवन लामाले, नगद १ लाख रुपैयाँ, फस्ट रनर अपलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।