वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
पानीमा डुवेको व्यक्तिको खोजी र उद्धारका लागि महानगर प्रहरी बलले आज कृतिम अभ्यास सम्पन्न गरेको छ । रानीपोखरीमा सम्पन्न अभ्यासमा डुङ्गामा यात्रा गर्दागर्दै पानीमा खसेका व्यक्ति हराएपछि खोजेर बाहिर निकालिएको थियो ।
वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेलाको अवलोकन गर्नुभएको छ । आज मेलाको अवलोकन गर्दै उहाँले, युवा लक्षित सिप सिकाइ नविनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्त भएको प्रतिक्रिया दिनुभयो । २०८२ युवालाई तालिम दिने उद्देश्य राखेर काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि १० वटा क्षेत्रका ३७ पेशासँग सम्बन्धित १ सय घण्टे तालिम सञ्चालन गरिरहेको छ । उहाँसँग कोशी प्रदेश, ओखलढुङ्गा गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ पनि हुनुहुन्थ्यो ।
सहरका अन्य ठाउँभन्दा यस क्षेत्रका समस्या फरक छैनन् । पूर्वाधार निर्माण गरिसकेपछि ठेक्केदारले बाँकी रहेका निर्माण सामग्री नउठाइदिँदा हिँड्न कठिन भएको, त्यही सामग्रीले ढल बन्द गराइदिएको गुनासो वडाबासीको छ । सामुदायिक कुकुरको व्यवस्थापनमा महानगरपालिकाले काम गरिहाल्नु पर्नेछ । घरमा पालेका कुकुर सडकमा छोड्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । सार्वजनिक जग्गाको संरक्षण, खुला स्थानमा समान पहुँच, विकास योजनामा पहुँच वृद्धि, खानेपानीको व्यवस्थापनमा थप काम गर्नु पर्ने, सिपमूलक र रोजगारमूलक तालिम बढाउनु पर्नेलगायत वडाबासीका माग छन् । वडाका सांस्कृतिक तथा सामाजिक परम्परालाई पुस्तान्तरण गर्नु पर्ने, डवली र चोकहरुको पुनउपयोग गर्नुपर्ने, घरेलु फोहर संकलन कार्यमा थप निगरानी गर्नु पर्ने उहाँहरुका माग छन् । नदीको कोरिडोर विस्तार गर्ने सरकारको योजना देखिन्छ । यसमा महानगरपालिकाको धारणा के हो? यो प्रक्रिया के हो? महानगरपालिकाले नागरिकलाई बुझाइ दिनुपर्छ । उहाँहरुले प्रक्रियामा जानकारीको माग राख्नुभएको छ ।
योजना तर्जुमा कार्यक्रममा वडाबासीले माग गरेका योजनाहरुमा गल्ली मर्मत, सुधार, यस्ता गल्लीहरुमा सीसीटिभी क्यामरा राखर सुरक्षा प्रत्याभूति, लागु औषध प्रयोगकर्ताहरुमाथि निगरानी र नियन्त्रण, गल्लीहरुमा पार्किङ् व्यवस्थापन, साँघुरा गल्लीहरुलाई एकतर्फी बनाउने, अलि फराकिला सडकलाई दुईतर्फी सञ्चालन गर्ने, स्थानीयबासी लक्षित कार्यक्रमलाई प्राथमिकता दिने, मेलम्ची र विद्युतका तार भूमिगत गराउने क्रममाका असर कम गराउने, निर्माण कार्य सकिने वित्तिकै ठेकेदारले बाँकी सामग्री नलगेर समस्या भएकोले यसलाई नियन्त्रण गर्नु पर्ने, जात्रा पर्वसँग सम्बन्धित भौतिक संरचनाहरुको पुनःनिर्माण र मर्मत सम्भार गर्ने, सडक, गल्ली र चोकहरुको स्तरोन्नति गर्ने, जात्रा पर्व सञ्चालन व्यवस्थापन गर्न सहयोग गर्नु पर्नेलगायत योजना माग गर्नुभएको छ ।
चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डंगोलले, नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदुषणमुक्त हुनुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्दा आकाशे पानी संकलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सीसीटिभी क्यामरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेश गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रुपमा विद्युतीय प्रणाली मात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेश गर्ने, वेरुजु फस्र्योटको कार्ययोजना बनाउने लगायत विषय र क्षेत्रमा निर्देशन दिनुभएको थियो । यस्तै अनुगमन टोलीहका काम अन्तरसम्बन्धित बनाउन उहाँको निर्देशन थियो ।
नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकाले, काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सिप मेलाको आफू प्रशंसक रहेको बताउनुभएको छ । यस्तै , नेपाल सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले काठमाडौँको अभ्यास अन्य पालिकामा पनि विस्तार गर्नु पर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाको वेभ साइटमा गएर नागरिक क्षेत्रभित्र भएका आइकनमध्ये ‘वायु गुणस्तर निगरानी’मा क्लिक गरेपछि ड्यासबोर्डका पुगिन्छ । यसको गृहपृष्ठमा स्थानको नाम, वायु गुणस्तर सूचकांक र नक्सा राखिएको छ । वायु गुणस्तरको अवस्थालाई विभिन्न ६ वटा रङ्गले अवस्था संकेत गरिएको छ । जसमा हरियो रङ्ग राम्रो अवस्थाको संकेत हो । पहेँलो रङ्ग मध्यम, सुन्तला रङ्ग बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका मुटु रोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो । रातो रङ्गले अस्वस्थ्य अवस्थाको संकेत गर्छ । यो सबैका लागि अस्वस्थ्य अवस्था हो । खासगरी संवेदनशील वर्गका व्यक्तिहरु यसबाट जोगिनुपर्छ ।
‘समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण सो तिराई घरकोठा खाली गराइ पाउँ, सहकारीको कारण घरमा भएको क्षतिको पूर्ति गराई खाली गराइपाउँ, आफ्नो बचत समेत सहकारीमा रहेकोले सो रकम र भाडा समेत उपलब्ध गराई सहकारी हटाइ पाउँ, सहकारी कार्यालयमा घरधनीले ताला लगाइदिएको कारण कार्यालय सञ्चालन गर्न सहजीकरण गरीपाउँ, दुई प्रकारको सम्झौता खारेज गरी बहाल कर तिराइ पाउँ यस्तै यस्तै प्रकृतिका अरु पनि विवाद छन् ।