वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
काठमाडौँ महानगरपालिका कार्यपालिका अन्तर्गतका विधायन समिति र सुशासन समितिका संयोजकहरुले मंगलवार समितिको बैठक बोलाउनु भएको छ ।
काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेशामा ७ वटा पेशा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन् । यस क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम गर्ने तयारी थियो । यस्तै व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेशा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी ४ पेशा राखिएका थिए ।
मखन आगलागी समयमा किन नियन्त्रण हुन सकेन? कारण पत्ता लगाउन छानविन समिति गठन गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिनुभएको छ । निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘वैशाख ३१ गते मखनमा आगलागी हुँदा ३ वटा घर जले । दमकल स्टेशनबाट २ मिनेटभित्र दमकल पुग्न सक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्यो? यसमा के समस्या थियो? के कारण थियो? कसको लापर्वाही थियो? जसका कारण आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो । यसको छानविन हुनुपर्छ । सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन ।’
वडाले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक बजेट, कार्यक्रम तर्जुमा गर्न आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा टोल सुधार समिति, उपभोक्ता समिति, स्थानीय क्लव तथा संघसंस्था, साझेदार, सरोकारवालाहरुले यस्तो अपेक्षा व्यक्त गर्नुभएको हो । उहाँहरुले, विपद पूर्वतयारी, उद्यमशीलता, खुला स्थानहरुको संरक्षण र सबैको पहुँच वृद्धि, बालबालिका, ज्येष्ठ नागरिक र महिला लक्षित कार्यक्रमको अपेक्षा गर्नुभयो ।
‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगितामा भाग लिन शारीरिक सुगठनका खेलाडीहरुलाई काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले आव्हान गरेको छ । ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित असार ६ र ७ गते काठमाडौँमा आयोजना हुने ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ का बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष चिनीकाजी महर्जनले खेलाडीहरुलाई प्रतिस्पर्धामा भाग लिन आव्हान गर्नुभएको हो । महानगर स्तरीय यो प्रतियोगिता नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग आयोजना हुन लागेको हो ।
काठमाडौँ महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को विजेता भएको छ । फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८-७ गोलले पराजित गर्दै महानगरपालिका दोस्रो सृङ्खलाको विजेता भएको हो । जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले सिप मेलामा तालिम लिनका लागि आवेदन आव्हान गरेको छ । जेठ ७ गतेदेखि काठमाडौँको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ सँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।
महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत सडकमा ओभरलेइङ् गर्ने, आसीसी ढलान गर्ने, ढुङ्गा छाप्ने काम गरिन्छ । यो ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्व रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।