वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
काठमाडौँ महानगरपालिकाले बहिरा अपाङ्ता भएका १० जनालाई बारिस्ता, वेकरी बनाउने र हस्पिटालिटी सम्बन्धी ९० दिनको तालिम प्रदान गरेको छ । सामाजिक विकास विभागले आयोजना गरेको तालिम २०८१ माघ १३ गते थालिएको थियो । २०८२ बैशाख २५ गतेसम्म सञ्चालन भएको तालिमअन्तर्गत लाजिम्पाटको कोथिना मिठो छ तालिम केन्द्रमा बारिस्ता र वेकरी प्रशिक्षण दिइएको थियो । यस्तै ठमेलको होटल आर्टमा गराइएको थियो ।
प्रिजजिङ् राउण्डमा हरेक तौल समूहबाट ६/६ जना खेलाडी छनोट गरिनेछ । हरेक समूहका ६ जनाबिचको प्रतियोगिताबाट पहिलो, दोस्रो र तेस्रो स्थानका लागि विजेता घोषणा हुनेछ । हरेक समूहबाट प्रथम स्थान हासिल गर्ने खेलाडीहरुका बिचमा मिस्टर महानगरपालिकाका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । खेलका सबै विधाका खेलाडीहरुका लागि दिइने पुरस्कार राशी १४ लाख रुपैयाँ रहेको छ । यसमा मिस्टर महानगरले ५ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नुहुनेछ ।
काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ५२ हजार ७४० जना व्यक्तिलाई न्यायिक सहजकर्तामार्फत सेवा प्रदान गरेको छ । यसमा चालु आर्थिक वर्षको यस अवधिसम्ममा ६ हजार ८४७ जनाले सेवा लिनुभएको छ । पैसा नभएका कारण अदालती प्रक्रिया र त्यस्ता ठाउँबाट प्रदान हुने न्यायमा पहुँच राख्न नसक्ने महानगरबासीका लागि निःशुल्क रुपमा कानुनी तथा न्यायिक सहायता उपलब्ध गराउँदै आएको छ । २०८० साल चैत १८ गतेदेखि सुरु गरिएको यो सेवा, अहिलेसम्ममा १२ जनाले लिइसक्नुभएको छ ।
पुनःनिर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमता भएको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो । पौडीपोखरी गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरी पुनःनिर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ । पुरानो शौचालय र स्नान घर पुनःनिर्माण गरिएको छ । लकरहरुको व्यवस्था गरिएको छ । पोखरीको वरिपरि काँडे तारले सुरक्षा लगाइएको छ । पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ ।
फोहरको पोकाको बाहिर कपडाको झोला थियो । त्यसभित्र प्लाष्टिकले बाँधिएका सानाठुला धेरै पोका थिए । पोकाभित्र राखिएको सबै फोहर आलो नै थियो । बस्तुको कुनै पनि रङ्ग परिवर्तन भएको थिएन । हेर्दा हेर्दै यो अवस्था देखिएपछि गुरुङ्ले सच्याउँदै भन्नुभयो, ‘प्लाष्टिकमा पोको बाँधेर हाल्न नहुने, गल्ती भएछ ।’
स्थानीय सेवा सञ्चालन व्यवस्थापन गर्न उत्तरदायी करदाताको अपेक्षा गरेको बताउँदै काठमाडौ्रँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले आर्थिक सामाजिक क्षेत्रको सन्तुलित विकासका लागि सरकार र नागरिकको समान दायित्व हुने धारणा राख्नुभएको छ । खिचापोखरी न्युरोड व्यापार संघसँग सहकार्य गर्दै वडाले आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा बोल्दै उहाँले, जन्मदेखि मृत्यु पर्यन्तका सुख दुःखमा साथ दिने स्थानीय तहलाई सेवा सञ्चालन गर्न स्थानीय करप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो । प्रचलित व्यवस्थाले तोके बमोजिम कर तिर्नु नागरिकको पहिलो दायित्व भएको बताउँदै उहाँले समयमा कर तिर्ने दायित्व बोध गर्न आग्रह गर्नुभयो ।
सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिको व्यवस्था उधृत गर्दै उहाँले, भन्नुभयो, ‘स्थानीय स्रोत, ज्ञान, सिप र उद्यमशील प्रवर्धन हुने गरी स्थानीय स्तरमा नै सेनिटरी प्याडको उत्पादन, उपयोग र वितरण गर्न सक्ने व्यवस्था छ । यसका लागि सामाजिक विकास विभागले सेनिटरी प्याड उत्पादनका लागि महानगरपालिकाले नै तालिम दिएका उद्यमीहरुले उत्पादन गरेका प्याडको गुणस्तर प्रयोगशालाबाट परीक्षण गराउनु । यसरी उत्पादन भएका गुणस्तरीय प्याडहरु प्रचलित खरिद कानुनबमोजिम सामुदायिक विद्यालयका छात्राहरुलाई वितरण गर्न लागि शिक्षा विभागसँगको समन्वय गर्नु । यसबाट मात्र स्थानीय उद्यमीका उत्पादनहरुको प्रवर्धन हुन्छ ।’ आज सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत हिजो भएको खेलमा काठमाडौँ महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५-० गोलले पराजित गरेको छ । ललितपुरको एन्फा फुटबल ग्राउण्ड सातदोबाटोमा भएको खेलमा महानगरपालिकाकातर्फबाट राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले १/१ गोल गर्नुभएको थियो । समूह बि मा रहेको महानगरपालिकाले यसपछिको खेल मध्यपुर थिमी नगरपालिकासँग खेल्नेछ । काठमाडौँ महानगरपालिका मेयर कप फुटबल पहिलो संस्करणको विजेता हो ।