Logo
  • वि.सं.: २०८२, चैत ८ आइतबार​

  • इ.स.: 2026 March 22,SUNDAY

  • वि.सं.: २०८२, चैत ८ आइतबार​

  • images

    मेट्रो न्यूज

    images

    घरमा बस्ने व्यक्तिहरुका बारेमा घरधनीसँगै सूचना नहुँदा ज्येष्ठ महिलाको आगलागीमा ज्यान गयो

    बुधबार ३१ वैशाख २०८२ ०७:०९ PM

    वडा नम्बर २४ का अध्यक्ष बिनोद कुमार राजभण्डारीले, घरको तेस्रो तलामा चिया पकाउँदा ग्याँस लिक भएर आगो सल्किएको जानकारी दिनुभयो । सिसिटिभी फुटेजबाट प्राप्त दृश्य उधृत गर्दै उहाँले भन्नुभयो, ‘एक जना महिला सडकमा आत्तिएर निस्किएको केही क्षणमा घरमा आगो देखियो । चिया पकाउँदा चुहिएको ग्याँसमा आगो सल्किएपछि उनी भोगेकी हुन सक्छिन् । यदि उहाँमा ग्याँस चुहिएर सल्किएको आगो नियन्त्रण गर्ने सिप भइदिएको भए आगोले विनाशकारी रुप लिन पाउने थिएन ।’ उहाँले मानवीय क्षतिका विषयमा भन्नुभयो, ‘घर भाडामा दिने घरधनीसँग आफ्नो घरमा को को बस्छन्? थाहा नभएपछि चरीकोटे आमा (करिब ६५ वर्ष)का नामले चिनिने सडक किनारामा थोरै सामान बेचेर गुजारा चलाइरहेकी ज्येष्ठ आमाको मृत्यु भयो ।’ उहाँका अनुसार मृत्यु हुनुको कारण आगोले जलेर नभइ धुवाँले निसास्सिनु हो । घरको प्रयोग मानिस बसोबासका लागि भन्दा धेरै कस्मेटिक सामानको भण्डारणका लागि भएको उहाँले जानकारी दिनुभयो । 

    images

    कीर्तिपुर नगरपालिकालाई ३-० ले पराजित गर्दै काठमाडौँ महानगरपालिका फाइनलमा 

    बुधबार ३१ वैशाख २०८२ १०:५४ AM

    कीर्तिपुर नगरपालिकालाई ३-० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ । गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (बुधबार) भएको खेलमा महानगरपालिका लागि राजकुमार पौडेलले पहिलो गोल र त्यसपछि मनिष सेढाईँले लगातार २ गोल गर्नुभएको थियो । महानगरपालिका ‘समूह बी’बाट र कीर्तिपुर ‘समूह डी’बाट सेमिफाइनल खेलमा पुगेका थिए ।  

    images

    काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान : दैनिक प्रशोधन क्षमता ५ हजार लिटर 

    मंगलबार ३० वैशाख २०८२ ०३:०९ PM

    ‘३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ५ वटा च्याम्वर छन् ।’ वरिष्ठ इञ्जिनियर निशा कोइराला प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधन सुरु हुन्छ । तेस्रो चरणमा एरोविक (अक्सिजन दिनु पर्ने विधि) बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ ।’

    images

    'मानसिक स्वास्थ्य नीति' तर्जुमा गर्न साझेदार र सरोकारवालाबाट पृष्ठपोषण : स्वास्थ्य प्रवर्धन केन्द्रबाट पहिचान, निदान र उपचार गर्ने योजना

    सोमबार २९ वैशाख २०८२ ०५:२२ PM

    काठमाडौँ महानगरपालिकाले 'मानसिक स्वास्थ्य नीति' तर्जुमा गर्न थालेको छ । यसका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने क्षेत्रसँग सम्बन्धित संघसंस्था, स्वास्थ्यकर्मी, पुनःस्थापना केन्द्रका प्रतिनिधिहरुबाट पृष्ठपोषण लिएको छ । आइतबार स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनको अध्यक्षतामा बसेको पृष्ठपोषण बैठकमा मानसिक स्वास्थ्य समस्या न्यूनीकरण, पहिचान, निदान तथा उपचारका लागि महानगरपालिकाका कानुनी दायित्व र नागरिकप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर पृष्ठपोषण लिइएको थियो । 

    images

    तालिमबाट प्राप्त हुने व्यक्तित्वबाट आत्मनिर्भरता बढाउनुपर्छ - प्रवक्ता, मानन्धर

    सोमबार २९ वैशाख २०८२ १२:२१ PM

    ७ दिनको तालिममा श्रृङ्गारका लागि आवश्यक पर्ने सामानहरुको चिनारी र प्रयोग गर्ने तरिका, सिम्पल मेक अप, पार्टी मेकअप, स्मोकी आइ मेकअप, हाफ कट क्रिज मेकअप, वेहुली मेकअपका सैद्धान्तिक ज्ञान प्रदान गर्दै अभ्यास गराइएको थियो । एकजना महिला आफू र आफ्ना परिवारका लागि मेक अप गर्दा मासिक २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म बचत हुन सक्ने प्रशिक्षकहरुको भनाइ छ ।

    images

    जमाना राम्रो आएछ, पाको उमेर भएकालाई वडाले तीर्थ पुर्‍यायो - ज्येष्ठ नागरिक 

    आइतबार​ २८ वैशाख २०८२ १०:११ PM

    ‘जमाना राम्रो आएछ । हामीजस्ता पाका उमेरकालाई वडाले तीर्थ लग्यो ।’ काठमाडौँ महानगरपालिका वडा नं. २६ बालाजु बस्ने ७२ वर्षिया लक्ष्मीदेवी घिमिरेले भन्नुभयो, ‘उमेर पो पाको भयो त, मन त हुन्छ नि । वडाले हाम्रो पनि कुरा बुझ्यो । हाम्रै लागि कार्यक्रम बनायो । मलाई त हर्ष लागेको छ ।’ आज वडा नम्बर २६ कार्यालयले ज्येष्ठ नागरिकका लागि आयोजना गरेको चन्द्रागिरी भालेश्वर महादेवको दर्शन गर्न बसको यात्रा गर्दा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँ बसबाट बाहिर हेरेर बोर्डमा लेखेका अक्षर पढ्दै अरुलाई सुनाउँदै हुनुहुन्थ्यो । उहाँले पढेको देखेर छेवैमा बस्ने अर्की आमा भन्दै हुनुहुन्थ्यो, ‘आफूलाई त ९ वर्षकै उमेरमा विहे गरेर खेदाइहाले । के पढ्न पाउनु?’ उहाँको कुरा सुनेर घिमिरेले प्रत्युत्तरमा भन्नुभयो, ‘पहिलो किताब पढेको, त्यहाँ ए, बि, सि, डी, एम, जेड (अक्षरको क्रम नमिलेको) पनि पढेको भए त अहिले राम्रो हुने रहेछ । नेपाली अक्षर मात्रै पढियो ।’

    images

    बहिरा अपाङ्गता भएका १० जनालाई बेकरी, वारिस्ता र हस्पिटालिटी तालिम 

    शनिबार २७ वैशाख २०८२ ०६:३१ PM

    काठमाडौँ महानगरपालिकाले बहिरा अपाङ्ता भएका १० जनालाई बारिस्ता, वेकरी बनाउने र हस्पिटालिटी सम्बन्धी ९० दिनको तालिम प्रदान गरेको छ । सामाजिक विकास विभागले आयोजना गरेको तालिम २०८१ माघ १३ गते थालिएको थियो । २०८२ बैशाख २५ गतेसम्म सञ्चालन भएको तालिमअन्तर्गत लाजिम्पाटको कोथिना मिठो छ तालिम केन्द्रमा बारिस्ता र वेकरी प्रशिक्षण दिइएको थियो । यस्तै ठमेलको होटल आर्टमा गराइएको थियो । 

    images

    ‘निरोगात्मक’ र ‘प्रवर्धनात्मक’ जनस्वास्थ्य कार्यक्रम वृद्धि गर्न मिस्टर महानगर प्रतियोगिता आयोजना हुँदै 

    शनिबार २७ वैशाख २०८२ ०१:३३ PM

    प्रिजजिङ् राउण्डमा हरेक तौल समूहबाट ६/६ जना खेलाडी छनोट गरिनेछ । हरेक समूहका ६ जनाबिचको प्रतियोगिताबाट पहिलो, दोस्रो र तेस्रो स्थानका लागि विजेता घोषणा हुनेछ । हरेक समूहबाट प्रथम स्थान हासिल गर्ने खेलाडीहरुका बिचमा मिस्टर महानगरपालिकाका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ ।   खेलका सबै विधाका खेलाडीहरुका लागि दिइने पुरस्कार राशी १४ लाख रुपैयाँ रहेको छ । यसमा मिस्टर महानगरले ५ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नुहुनेछ ।