Logo
  • वि.सं.: २०८२, माघ २० मंगलबार

  • इ.स.: 2026 February 3,TUESDAY

  • वि.सं.: २०८२, माघ २० मंगलबार

  • images

    मेट्रो न्यूज

    images

    कारागारभित्र सञ्चालित विद्यालयहरुको र आधारभूत तह अन्तिम परीक्षाको अनुगमन  

    मंगलबार १२ चैत २०८१ ०८:०० AM

    जगन्नाथ माध्यमिक विद्यालयबाट २० जना परीक्षार्थीले आवेदन दिनुभएको थियो । उहाँहरुमध्ये श्री महिला बन्दी आधारभूत विद्यालयका १० जना महिला विद्यार्थी हुनुहुन्छ । यो विद्यालय कक्षा ५ सम्म मात्र भएकोले उहाँहरुले जनन्नाथबाट परीक्षा आवेदन दिनुभयो । परीक्षा भने महिला बन्दी विद्यालयबाटै दिइरहनु भएको छ । यसरी आवेदन दिएका २० परीक्षार्थीमध्ये १ जना पुरुष कैदमुक्त हुनुभएपछि अहिले जगन्नाथ परीक्षा केन्द्रका आवेदकमध्ये १९ जना विद्यार्थी परीक्षामा सहभागी हुनुभएको छ ।  

    images

    वैकल्पिक र धार्मिक विद्यालयबाट काठमाडौँ महानगरपालिकाभित्र ७९७ जना विद्यार्थी आधारभूत तहको अन्तिम परीक्षामा सहभागी

    सोमबार ११ चैत २०८१ १०:५६ AM

    काठमाडौँ महानगरपालिकाभित्रका २० वटा वैकल्पिक विद्यालयबाट ७१९ जना, ६ वटा धार्मिक विद्यालयबाट ७८ जना र ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरु यस वर्षको आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षामा सहभागी भएका छन् । आधारभूत तहमा अध्ययन गराउने धार्मिक र वैकल्पिकसहित ९६ वटा सामुदायिक र ४०८ वटा संस्थागत विद्यालय छन् । यी विद्यालयबाट १८ हजार २९४ जना विद्यार्थी परीक्षामा सहभागी छन । यसमध्ये सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी सहभागी भएका हुन् । 

    images

    सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पाम्स) सञ्चालन क्षमता विकास तालिम सम्पन्न 

    शनिबार ९ चैत २०८१ ०६:५६ AM

    सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पब्लिक एसेस्ट म्यानेजमेन्ट सिस्टक–पाम्स) सञ्चालन गर्न वडा नम्बर १५ ले जनप्रतिनिधि र कर्मचारीहरुका लागि २ दिने तालिम सम्पन्न गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सञ्चालनमा ल्याएको यो प्रणालीमा माग फाराम भर्ने, शिफारिस गर्ने, स्वीकृत गर्ने, खरिद आदेश दिने, दाखिला गर्ने, भुक्तानी गर्ने, स्थिर सम्पत्ति (खप्ने सामान), नखप्ने (कापी, कलम, जस्ता नखप्ने दैनिक प्रयोगका सामान), कार्यालयसँग सम्बन्धित जमिन, भवन, सरसामानलगायतको अभिलेख र व्यवस्थापनको काम हुन्छ । 

    images

    चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार 

    शुक्रबार​ ८ चैत २०८१ १२:५१ PM

    ‘परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिन्छ ।’ स्वास्थ्य प्रवर्धन केन्द्रबाट रेफरल स्लिप लिनु पर्नाको कारण बारे भट्ट भन्नुहुन्छ, ‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो ।’

    images

    विद्यालय बाहिरको परीक्षा केन्द्रबाट आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा दिँदै काठमाडौँ महानगरपालिकाभित्रका विद्यार्थीहरु

    बिहीबार ७ चैत २०८१ ०७:११ PM

    आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को वार्षिक परीक्षामा काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) बाट १८ हजार २९४ जना विद्यार्थी सहभागी भएका छन् । परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिर निकालिएको छ । गएको वर्षसम्म विद्यालयभित्रै सञ्चालन भइरहेको परीक्षा यस वर्षदेखि विद्यालय बाहिरको परीक्षा केन्द्रबाट लिन थालिएको हो । २०८१ फागुन २६ गते बसेको परीक्षा समितिको बैठकले होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरेर विद्यालयबाट परीक्षा केन्द्र बाहिर ल्याएको निर्णय गरेको थियो । 

    images

    एलपिजी ग्याँसको सम्भावित जोखिम घटाउन काठमाडौँ महानगरपालिकाको निरीक्षण र सचेतना 

    बुधबार ६ चैत २०८१ ०२:५८ PM

    घरेलु प्रयोजनका लागि १४.२ किलोग्राम तौल भएको रातोबाहेक अन्य सिलिण्डरमा ग्याँसको कारोवार गर्न हुँदैन । सिलिण्डरमा ग्याँस भर्ने उद्योगको नाम र लोगो, सिलिण्डरको सिरियल नम्बर, निरीक्षकको टाँचा, हाइड्रोलिक परीक्षण गरिएको मिति, वर्किङ् वा टेस्ट प्रेसर, भल्वसहित खाली सिलिण्डरको तौल, सिलिण्डर जाँच गरिएको मिति र अर्कोपल्ट पुनः जाँच गर्नु पर्ने मिति खुलाउनु पर्छ । सिलिण्डरको फुट रिङ् (पिँध) र घाँटी (नेक रिङ्) काटेर जोडिएको भए ग्याँस भर्न हुँदैन । 

    images

    अनलाइन सेवा प्रणाली सञ्चालनको निरीक्षण तथा सहजीकरणका लागि प्रशासन र सूचना प्रविधि विभागका अधिकारी वडाहरुमा

    बुधबार ६ चैत २०८१ १०:५५ AM

    सबैभन्दा पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सिसिआइएमएस) कार्यान्वयनमा ल्याइएको छ । फागुन महिनाको अन्तिम साता वडा सचिवहरुलाई तालिम दिएर प्रणाली कार्यान्वयनमा ल्याएपछि यसलाई पूर्ण सञ्चालन गर्न वडाको तत्परता, तयारी र व्यवस्थापन बुझ्न, समस्या परेको भए सहजीकरण गरिदिन वडा निरीक्षण थालिएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । 

    images

    बालिकामाथि यौन दुर्व्यवहारमा महानगरपालिकाको मनोसामाजिक प्रतिवेदनबाट जाहेरीको दावी पुग्ने अदालतको ठहर 

    मंगलबार ५ चैत २०८१ ०६:३६ PM

    काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका विषयमा तयार पारिएको प्रतिवेदनबाट मुद्दाका लागि दावी पुग्ने जिल्ला अदालत काठमाडौँले फैसला सुनाएको छ । महानगरपालिका वडा नं. ४ को एक विद्यालयमा अध्ययनरत बालिकालाई आफ्नै बुबा र बडाबाका छोरा (दाजु)ले यौन दुव्र्यवहार गरेको विषयमा महानगरपालिकाले प्रतिवेदन र यस सम्बन्धी विवरण पत्र राखेर जाहेरीस्वरुप अदालतमा प्रतिवेदन पेश गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आइतबार (चैत ३) ‘बाल यौन दुरुपयोग गरेको’ मुद्दाको किसिम र ‘बाल यौन दुर्व्यवहार’ सम्बन्धी मुद्दामा दावी पुग्ने फैसला गरेको हो ।