वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई २ वटा बाल्टिनमा राख्ने गरिएको पाइन्छ । यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा ४ खण्ड छन् । बिचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा ८ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यवसायिक रुपमा विक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।
काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएका छन् । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदल यात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा बिछ्याउने काम भइरहेको हो ।
महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन् । प्रदर्शनी र सेवाका लागि करिब ६० वटा स्टल रहनेछन् । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रुपमा रहनेछन् । महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुनेछन् ।
तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइनेछ । तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ । परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नु पर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये पनि विहीबारको पूजालाई विशेष मानिन्छ । यही मान्यताअनुसार विहीबारको दिन पारेर आज शिलान्यास गरिएको हो ।
विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले उनीहरुको चौतर्फी विकासमा योगदान पुग्ने धारणा राख्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बाल सिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको बताउनुभएको छ । सबै बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुन्छ । त्यो क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका यी विधाहरु महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने योजना छ । प्रदर्शनीमा परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा राख्ने तयारी गरिएको छ । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु पनि प्रदर्शन गरिनेछ । यस्तै मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुनेछन् । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछ ।
छात्राबासभित्र न्युनतम सबै पूर्वाधार हुनुपर्छ । यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । कोठाहरु फराकिला, खुल्ला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ ।
नक्साङ्कनबाट प्राप्त तथ्याङ्कले राजस्व विभागलाई नक्सामा आधारित बैज्ञानिक राजस्व निर्धारण गरेर व्यक्ति र संघसंस्थालाई आवद्ध गराउन सघाउ गर्नेछ । सहरी व्यवस्थापन विभागलाई घर नक्सा, यातायात र स्मार्ट टोलका लागि विश्लेषणयुक्त प्रणाली उपलब्ध हुनेछ । जोखिमयुक्त स्थानको पहिचान गर्न, विपद व्यवस्थापनमा पूर्व तयारी तथा प्रतिकार्य योजना गर्न, आपतकालीन अवस्था व्यवस्थापनका तयारीका लागि विपद व्यवस्थापन विभागलाई काममा मद्दत हुनेछ । फोहरमैला संकलन, ढुवानी तथा व्यवस्थापनका लागि वातावरण व्यवस्थापन विभागलाई रुट निर्धारण गर्न सहज हुनेछ । नागरिकको स्वास्थ्य संस्थामा पहुँच बढाउन, रोग तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य विभागलाई सहयोग हुनेछ । सम्पदा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि योजना गर्न सम्पदा तथा पर्यटन विभागलाई विवरण उपलब्ध हुनेछ ।