वि.सं.: २०८२, चैत ७ शनिबार
इ.स.: 2026 March 21,SATURDAY
वि.सं.: २०८२, चैत ७ शनिबार
४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकाको उद्धार गरिएको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा हुनुहुन्छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुव्र्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ । पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं. ६ ले आयोजना गरेको विद्यालय स्तरीय वडाध्यक्ष कप पहिलो बास्केटबल प्रतियोगितामा ४६ स्कोरसहित गोल्डेन पिक माध्यमिक विद्यालय विजेता बनेको छ । यही टिमका सोनाम शेर्पाले बेस्ट स्कोरर उपाधि प्राप्त गरे । फागुन ९ गते सम्पन्न फाइनल खेलमा मंगलदीप माध्यमिक विद्यालयलाई पराजित गर्दै गोल्डेन पिक विजेता बनेको हो । मंगलदीपले ३६ स्कोर गरेको थियो । प्रतियोगिताका विजेतालाई वडाध्यक्ष भुवन लामाले, नगद १ लाख रुपैयाँ, फस्ट रनर अपलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
सञ्चालन गरिएका कार्यक्रमबाट विद्यार्थीको नतिजामा क्रमिक रुपमा सुधार भएको छ । विद्यालयहरुको स्वच्छता र सरसफाइमा सुधार भएको छ । शिक्षकहरुको क्षमता विकास भएर शिक्षण क्रियाकलापमा सूचना प्रविधिको प्रयोग वढेको छ । विद्यालयले महानगरबाट सञ्चालित कार्यक्रममा अपनत्व लिएका छन् । प्रारम्भिक बाल बिकास केन्द्रको मापदण्डअनुसारका पूर्वाधार विकास हुँदै गएको छ । संस्थागत विद्यालयको नियमन प्रभावकारितामा अभिवृद्धि भएको छ ।
काठमाडौँ महानगरपालिकाको वडा नं. २२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्धनमा योगदान गर्ने ५ जनाका साहित्यकारहरुलाई सम्मान गरेको छ । यो वर्ष अन्तर्राष्ट्रिय मातृभाषा रजत जयन्तीका रुपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा वडाले ‘कविता बाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेर वडाका साहित्यकारहरुलाई सम्मान गरेको हो ।
भुइँखेल चउर र धर्मचक्र पार्कमा आजदेखि सुरु गरिएको ‘स्वयम्भू महोत्सव’ उद्घाटन गर्दै प्रमुख शाहले भन्नुभयो, ‘हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरुको मिश्रित बसोबास भएको यस क्षेत्रका मानिसहरुका बिचको आपसी सम्बन्ध आत्मीय छ । आफ्नो धर्म मान्ने, अरुको धर्मको आदर गर्ने, धर्मावलम्बीप्रति सहभाव राख्ने यस प्रकारको समाज विरलै पाइन्छ । सद्भावयुक्त सामाजिक यो व्यवस्था उदाहरणीय र अनुकरणीय छ । यसलाई प्रवर्धन गर्नुपर्छ ।’
‘हिंसा न्यूनीकरणसँगै विवाद न्यूनीकरणका लागि काम गर्नु पर्नेछ । यसका लागि वडा महिला सञ्जालको ठुलो भूमिका छ ।’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाले मेलमिलापकर्ताबाट निःशुल्क मेलमिलाप, कानुन सहजकर्ताबाट निःशुल्क कानुनी तथा प्रशासनिक सेवा, विपन्नलाई कानुन व्यवसायीमार्फत निःशुल्क कानुनी सेवाको व्यवस्था गरेका छौँ । सेवाग्राहीले निःशुल्क सेवा प्राप्त गर्न महानगरपालिकाले लगानी गरेको छ । यसलाई प्रभावकारी बनाउन सञ्जालको भूमिका छ ।’
सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई २ वटा बाल्टिनमा राख्ने गरिएको पाइन्छ । यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा ४ खण्ड छन् । बिचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा ८ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यवसायिक रुपमा विक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।
काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएका छन् । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदल यात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा बिछ्याउने काम भइरहेको हो ।