Logo
  • वि.सं.: २०८२, माघ २० मंगलबार

  • इ.स.: 2026 February 3,TUESDAY

  • वि.सं.: २०८२, माघ २० मंगलबार

  • images

    मेट्रो न्यूज

    images

    भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन कार्यवाहक प्रमुख डंगोलबाट सहरी व्यवस्थापन विभागलाई निर्देशन 

    सोमबार २२ पुस २०८१ ०५:०७ PM

    ‘डिजिटल कपी र हार्ड कपी दुवै प्रयोग हुँदा कार्य प्रणालीमा विकृति आउने साना बाटाहरु रहने भए । दुईमध्ये कुन आधिकारिक भन्ने विषयमा प्रश्न आउने भयो ।’ उहाँले भन्नुभयो, ‘विद्युतीय नक्सा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएका छौँ भने हार्ड कपी विस्थापन गरौँ । विवरण सुरक्षाका लागि हार्डकपी चाहिने हो भने, स्वीकृत भएको फाइल प्रिन्ट गरेर सुरक्षा गरौँ ।’

    images

    सहकारीको समस्या सुल्झाउन कानुन पुनरावलोकन, सहकारी वर्गीकरण, कर्जा सूचना केन्द्र स्थापना सहितका काम गर्न १४ बुँदे सुझाव

    सोमबार २२ पुस २०८१ ०९:१५ AM

    सहकारीसँग सम्बन्धित कानुन पुनरावलोकनका लागि महानगरपालिका सम्बद्ध नीति निर्माताहरुसँग छलफल गर्न, सहकारी कानुन र सिद्धान्तको पूर्ण परिपालना तथा कार्यान्वयनका लागि सहकारी अभियन्तासँग सहकार्य गर्न, ऋण असुली संयन्त्र स्थापना गर्न, कर्जा सूचना केन्द्रको स्थापना गर्न, सहकारी शिक्षा तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्न सुझाव प्राप्त भएको छ ।  यथार्थ विवरण तयार गरी सूचकका आधारमा सहकारी संस्थाहरुकोे वर्गीकरण गर्न, जनप्रतिनिधि र अभियानलाई संलग्न गराएर बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियमित रुपमा गैरस्थलगत तथा स्थलगत निरीक्षण तथा अनुगमन गर्न, प्रवर्धन र नियमनलाई थप प्रभावकारी बनाउन सहकारी विभागको क्षमता विकास वृद्धि गर्न, नगरस्तरीय समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न, समस्याग्रस्त सहकारी व्यवस्थापन संयन्त्रमा सम्बन्धित सहकारीका जिम्मेवार पदाधिकारी समेतलाई आवद्ध गर्न सुझाव प्राप्त गरिएको विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । 

    images

    अन्तरक्रियात्मक योजना तर्जुमा र सहभागितामूलक विकासको बाटोमा हिँडिरहेका छौँ - वडाध्यक्ष संगत 

    आइतबार​ २१ पुस २०८१ ०२:०४ PM

    योजना तर्जुमा गर्दा टोलस्तरीय अन्तरक्रियात्मक र सहभागितामूलक योजना कार्यान्वयनको बाटोबाट आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको काम गरिरहेको बताउँदै वडा नं. ८ का अध्यक्ष आशामान संगतले वडाबासीलाई वडाका कार्यक्रममा निगरानी राख्न आग्रह गर्नुभएको छ । जयबागेश्वरीदेखि दथुटोल, कडटोल, बालकुमारी, इटाटोल हुँदै पशुपति क्षेत्रमा सञ्चालन भइरहेका कामका विषयमा जानकारी दिन लाभग्राहीका बिचमा आयोजना गरिएको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

    images

    एकीकृत वातावरणीय ज्ञानका लागि काठमाडौँ महानगरपालिकाको ‘बालबालिका तथा वातावरण-बाबा’ कार्यक्रम उत्कृष्ट

    आइतबार​ २१ पुस २०८१ ०९:५१ AM

    महानगरपालिकाले सामुदायिक विद्यालयहरुको स्वच्छताका लागि सरसफाइका कार्यक्रम चलाउन, हरियाली बढाउन तथा कलात्मक र सवाजटका क्रियाकलाप गर्न ६ महिनाका लागि ‘बाबा’ कार्यक्रमअन्तर्गत स्वयमसेवक परिचालन गरेको थियो ।

    images

    सामुदायिक विद्यालयका शिक्षकहरुलाई जाडो विदामा क्षमता विकास तालिममा भाग लिन महानगरपालिकाको आग्रह

    शनिबार २० पुस २०८१ ११:०८ AM

    यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान र अर्थशास्त्रलगायतका विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् । एसइइ लक्षित सिकाइमा अवस्था अनुसार विद्यार्थीको वर्गिकरण गरिनेछ ।  सिकाइ सहयोग, प्रविधि मार्फत सिकाइ, शिक्षण प्रबन्ध प्रणालीको उपयोग, समूहगत सिकाइ, परियोजना कार्यमा आधारित सिकाइ कक्षाका ढाँचा हुनेछन् । 

    images

    एआर, भिआर र क्युआरमा आधारित स्मार्ट सांस्कृतिक पर्यटन लागि प्रविधि विकास र सामग्री उत्पादन प्रारम्भ 

    शुक्रबार​ १९ पुस २०८१ ११:२७ AM

    काठमाडौँमा भएका सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स)मा आधारित स्मार्ट सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले सामग्री उत्पादन थालिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले बाखं न्यने वासँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र पुरातात्विक महत्व र यस क्षेत्रसँग सम्बन्धित सांस्कृतिक तथा सामाजिक चालचलन सम्बन्धी सामग्री उत्पादन भइरहेका छन् ।

    images

    निर्माण कार्यमा प्रयोग गरिने सवारी साधन प्रदुषण जाँचका लागि पठाउन उपप्रमुख डंगोलको निर्देशन

    बिहीबार १८ पुस २०८१ ०७:१२ PM

    ‘सवारी साधन जुनसुकै हुन् । सबैले सवारी प्रदुषण मापदण्ड पालना गर्नुपर्छ । सामान्यतयाः सार्वजनिक र निजी सवारी साधनले धुँवा फालेको देख्दा प्रदुषण बढाएको गुनासो सुन्ने गरिन्छ । प्रदुषण सबै खालका सवारी साधनबाट हुन्छ । तपाईँहरुले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारी साधन प्रदुषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारी साधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला ।’ उहाँले निर्माण पक्षलाई निर्देशन दिनुभयो ।

    images

    गैरजिम्मेवार भएर प्रदेशले संशोधन गरेको कानुनका कारण महानगरपालिकाको आय घटेको छ, यो नीतिगत भ्रष्टाचार हो - प्रमुख शाह

    बिहीबार १८ पुस २०८१ ०३:४० PM

    प्रमुख शाहले, प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गर्नुभयो । ‘क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो । यसबा महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ । पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क थियो । अहिले प्रति टिकटमा ५० रुपैयाँ तोकिएको छ । पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको ५ प्रतिशत कर थियो । अहिले महानगरपालिकाभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ ।’ यस्ता नीतिगत भ्रष्टाचारलाई लेखापरीक्षणका क्रममा कसरी सम्बोधन हुन्छ?’ परीक्षण अधिकारीलाई प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘यसरी राजस्व घटेपछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवर्धनमा कार्यक्रममा बजेट राख्न पाएन । अर्कोतिर संविधानले स्थानीय सरकारको एकल अधिकारका रुपमा दिएको वहाल कर संघीय सरकारले संकलन गरिरहेको छ । यसबाट पनि महानगरपालिकाको आय घटेको छ । नीतिगत यस्ता विषयलाई पनि लेखा परीक्षणका क्रममा औल्याउनु पर्छ ।’