वि.सं.: २०८२, चैत ७ शनिबार
इ.स.: 2026 March 21,SATURDAY
वि.सं.: २०८२, चैत ७ शनिबार
त्यसबखत, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न ३ चरणका उपाय छन् । १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एच.पि.भी. खोप लगाउनु पहिलो उपाय हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ ।
पुनः निर्माणको लागत ३ करोड ६४ लाख रुपैयाँ हो । पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी छ । यसभित्रको करिब ६ रोपनी क्षेत्रफलमा पानीको भाग हुनेछ । पानीको भागभन्दा बाहिर वरिपरि २ मिटरको पैदल मार्ग हुनेछ । पुनःनिर्माण गर्दा आकाशे पानी जम्मा हुने प्रणाली बनाइनेछ । सार्वजनिक खरिद प्रक्रियाबाट छनोटद भएको निर्माण पक्ष माघ ११ गते निर्माण पक्षसँग सम्झौता गरिएको हो ।
वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उहाँलाई प्राणदण्ड दिइएको थियो । उहाँ बलियो भएकोले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । ३ पटकसम्म प्रयास गरेपछि मात्र उहाँलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उहाँ ३१ बर्षको मात्र हुनुहुन्थ्यो ।
सहकार्यका क्षेत्र, सहकार्य गर्ने प्रस्ताव, कार्यक्रम स्वीकृत हुने प्रक्रिया, स्वीकृत कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया, भुक्तानी प्रक्रियामा पेश्की लिने, किस्ताको भुक्तानी लिने, अन्तिम भुक्तानी प्रक्रियाका विषयमा जानकारी दिइएको थियो । यसरी सञ्चालन हुने प्रक्रियामा चाहिने कागजपत्र, कार्य सम्पादन हुने अवधिका जानकारी दिने विषयका रुपमा समावेश थिए । यसरी प्रदान गरिएका सूचनाबाट सहकार्य गर्ने संघसंस्थाहरुले प्रक्रियागत झञ्झट र सम्पन्न कामको भुक्तानीमा समस्या झेल्नु नपर्ने महानगरपालिकाको अपेक्षा छ ।
यसको कार्यान्वयन गर्दै विभागले वडा तहबाट प्रदान गरिने शिफारिसलाई अनलाइन प्रणालीमा आवद्ध गराउन https://esifarish.kathmandu.gov.np/ विकास गरेको छ । यस प्रणालीमा दर्ता हुन नाम थर, इमेल ठेगाना, मोवाइल नम्बर, नागरिकता नम्बर, नागरिकता जारी मिति, नागरिक प्राप्त गरेको जिल्लाको ठेगाना, युजर नेम र पासवर्ड राख्नुपर्छ ।
‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८ को संशोधन मस्यौदा तयारी कार्यदल’ले आज मस्यौदाको प्रतिवेदन सम्पदा तथा पर्यटन समितिमा वुझाएको छ । सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराईको संयोजकत्वमा गठित कार्यदलले समितिका संयोजक आशामान संगतलाई मस्यौदाको प्रतिवेदन बुझाएको हो ।
काठमाडौँ महानगरपालिकाले २९२ वटा सवारी साधनको प्रदुषण चेकजाँच गर्दा १७४ वटा अर्थात ६० प्रतिशत सवारी साधन प्रदुषण फेल भएका छन् । यसमध्ये पेट्रोलबाट चल्ने ७१ वटा सवारी साधन चेकजाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २२१ वटा चेकजाँच गर्दा १६० वटा फेल छन् ।