Logo
  • वि.सं.: २०८२, चैत ७ शनिबार

  • इ.स.: 2026 March 21,SATURDAY

  • वि.सं.: २०८२, चैत ७ शनिबार

  • images

    मेट्रो न्यूज

    images

    आज चेकजाँच गरिएका ४० वटा सवारी साधनमध्ये ३१ वटा प्रदुषण फेल

    सोमबार ७ माघ २०८१ ०५:११ PM

    आज काठमाडौँ चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारी साधनको प्रदुषण चेकजाँच गर्दा ७८ प्रतिशत अर्थात् ३१ वटा फेल भेटिए । पुस २९ गतेबाट थालिएको चेकजाँचका क्रममा आजसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी फेल भएका छन् ।

    images

    दीर्घ रोगको नियमित औषधि खाने २३ हजार ७६८ ज्येष्ठ नागरिकको लगत संकलन गर्दै काठमाडौँ महानगरपालिका

    सोमबार ७ माघ २०८१ ०९:४७ AM

    यदि काठमाडौँ महानगरपालिकाको स्थायी बासिन्दा हुनुहुन्छ र महानगरपालिकाभित्रै बसोबास गरिरहनु भएको छ भने ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको विवरण परिवारका सदस्य वा सहयोगी कसैले पनि  लिङ्क क्लिक गरेर भर्न सक्नुहुनेछ । यस्तै आफू बसोबास गरिरहेको नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर पनि विवरण टिपाउन सकिनेछ । 

    images

    ५ कार्य दिनमा १२० वटा सवारी साधनको प्रदुषण जाँच : ५१ वटा पास ६९ वटा फेल 

    आइतबार​ ६ माघ २०८१ ०७:१६ PM

    आज टेकुमा चेकजाँच गरिएका ४० वटा सवारी साधनमध्ये ३३ वटा फेल भएका छन् । माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० वटा प्रदुषण मापदण्ड बाहिरका पाइए । माघ ३ गते पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन भेटिए । माघ २ गते जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल थिए । पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ । यससँगै अर्को पटकको चेकजाँचमा गल्ती दोहारिए जरिवाना गर्न सचेत गराइएको वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिनुभयो । 

    images

    माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम आयोजना गर्ने सुशासन समितिको निर्णय

    आइतबार​ ६ माघ २०८१ ०५:४८ PM

    सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ । यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरु स्मृति सभाका लागि भेला हुनुहुनेछ । 

    images

    फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना गर्दै वडा नं. १५ 

    आइतबार​ ६ माघ २०८१ ०८:०० AM

    स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर यस क्षेत्रका महत्वपूर्ण स्मारक हुन् । यस्तै शक्तिपीठहरुमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन् । नेपाल संवतका प्रवर्धक शंखधर साख्वाःले वालुवा उठाउँदा सुन प्राप्त गरेर त्यही सुनबाट किसानको ऋण मोचन गरिएको लखतीर्थ यस क्षेत्रको अर्को महत्वपूर्ण स्थान हो । प्राकृतिक विज्ञान संग्रहालय आन्तरिक तथा वाह्य पर्यटक दुवैका लागि अवलोकन योग्य स्थान हो । 

    images

    महानगरपालिकाले हामीलाई पनि सम्झियो : तालिममा सहभागी हुन पाएकोमा खुशी छौँ - शिक्षकहरु 

    शुक्रबार​ ४ माघ २०८१ ०७:११ PM

    यसरी महानगरपालिकाकाले विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा ७२० जना शिक्षकलाई तालिम दिने लक्ष्यसहित आयोजना गरेको तालिममा ३९७ जना शिक्षक सहभागी हुनुभयो । 

    images

    दुग्ध विकास संस्थानबाट १ करोड २ लाख ८७ हजार रुपैयाँ सम्पत्ति कर दाखिला : सरकारी स्वामित्वका १२ वटा व्यवसायिक निकायलाई कर तिर्न पत्राचार

    बिहीबार ३ माघ २०८१ ०७:३५ PM

    दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । २०८१ पुस २८ गतेको मूल्याङ्कनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले आज १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो । वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गा/सम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको हो ।

    images

    विषयवस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको महानगरपालिकाको भनाइ

    बिहीबार ३ माघ २०८१ ११:५७ AM

    काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तसम्ममा विज्ञापन कर र मनोरन्जन कर वापत ३ करोड १३ लाख ९१ हजार ६४२ रुपैयाँ ९८ पैसा संकलन भएको विज्ञप्तिमा उल्लेख छ । ‘यसमध्येको ६० प्रतिशत रकम १ करोड ८८ लाख ३४ हजार ९८५ रुपैयाँ ७९ पैसा स्थानीय सञ्चित कोषमा दाखिला गर्ने र ४० प्रतिशतले हुने रकम १ करोड २५ लाख ५६ हजार ६५७ रुपैयाँ ७९ पैसा बागमती प्रदेशको सञ्चित कोषमा दाखिला गर्ने गरी निर्णय भइसकेको विषयलाई अतिरन्जित गरिएकोले महानगरपालिका दुःख व्यक्त गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।