वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
कन्दरा व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले मधुर आवाजमा संगीत क्षेत्रका सम्भावनाको कुरा गरिरहँदा विश्वनिकेतन माध्यमिक विद्यालयमा भेला भएका विद्यार्थीहरु मन्त्रमुग्ध भएर सुनिरहेका थिए । श्रेष्ठले कक्षा १० मा अध्ययन गर्दाको उमेर समूहमा मनमा जागृत हुने भावना र यसरी आउने भावना व्यवस्थापन गर्न नसके हुन सक्ने जोखिमप्रति विद्यार्थीहरुलाई सचेत गराउनुभयो ।
क्याम्पका कक्षाअन्तर्गत विहान साढे १० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र स्टिमका परियोजनामा आधारित प्रयोगात्मक कक्षा सञ्चालन भइरहेको छन् । यी कक्षा सुरु हुनु अगाडि खेल प्रशिक्षण हुन्छ । ३ बजेपछाडि अन्तरक्रियात्मक, क्रियाकलाप, सहसिकाइ र समूहगत सिकाइमा आधारित छन् । ३ बजेपछि कम्तीमा १ घण्टा इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, कथा वाचन (स्टोरी टेलिङ्), वातावरण शिक्षा, मनोविज्ञान जस्ता विषय अनुभूति गराउने क्रियाकलाप र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गरेका छन् ।
अहिले उपलब्ध भएका पूर्वाधार र सेवा सम्बन्धी आधारभूत तथ्याङ्क नक्साङ्कन भएपछि लैङ्गिमैत्री सहरी योजना तर्जुमा गर्न, थालिएका कार्यक्रमलाई सुधार गर्न, थप गर्न वा व्यवस्थापन गर्न सजिलो हुनेछ । उहाँको भनाइ छ ।
अरुसँग दाँजेर आफूलाई हीन बोध नगर्न विद्यार्थीहरुलाई सुझाव दिँदै चलचित्र निर्माता तथा अभिनेत्री केकी अधिकारीले, बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गर्नुभएको छ । ‘कालो हुनु । गोरो हुनु । अग्लो हुनु । होचो हुनु । भनेको जस्तो अवस्था नहुनु । यी कुनै पनि अवस्थाले सफल हुनलाई असर गर्दैन । तपाईँ जस्तो हुनुहुन्छ । त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो । सफल हुन धैर्यता र मिहनेत चाहिन्छ । सबै सफल मान्छेमा धैर्यता र मिहनेत पाइन्छ ।’
महानगरपालिकाको केन्द्रीय कार्यालयमा स्तनपान कक्ष बनाइएको छ । महिला र पुरुषका लागि छुट्टै शौचालयको प्रबन्ध छ । शिशु स्याहारका लागि कार्यक्रम तर्जुमा भइसकेको छ ।’ कार्यालयको भौतिक संरचनाको कुरा गर्दै उहाँले समुदाय स्तरमा भएका संयन्त्रको कुरा गर्दै, समुदायमा आमा समूह, वुहारी समूह, छोरी समूह गठन भएको उल्लेख गर्नुभयो । ‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि सचेतना तथा भएका हिंसा व्यवस्थापनका लागि महिलाकै नेतृत्वमा वडास्तरीय महिला सञ्जाल गठन गरेका छौँ । कानुनी उपचारका लागि आर्थिक स्रोत नभएकाहरुका तर्फबाट वकालत गर्ने कानुन व्यवसायीलाई महानगरपालिकाले शुल्क तिरेर उहाँहरुको कानुनी उपचार प्राप्त गर्ने अधिकार सुनिश्चित गरेका छौँ ।’ उहाँले महानगरपालिकाबाट भएका भएका कामका बारेमा जानकारी गराउनुभयो ।
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले भनेका छन्, ‘पढाइसँगै खेलमा केही गर्न सकिनेमा आत्मविश्वाश बढ्न थाल्यो । कक्षा १० भएकाले अभ्यास गर्ने अवसर कम छ । यो अवसर कक्षा ११ र १२ मा पूरा गर्नेछौँ ।’ राष्ट्रिय अन्तरराष्ट्रिय खेलका प्रतिस्पर्धामा टेलिभिजनका स्क्रिनमा देखेका, पत्रपत्रिकामा समाचारमा पढिएका प्रशिक्षक र खेलाडीहरु आफूलाई खेलमा प्रोत्साहन गर्न, खेल र शिक्षाको सम्बन्ध बुझाउन, खेलका फाइदा देखाउन र खेल्ने सिप सिकाउन आफ्नै खेल मैदानमा आएपछिको अवसरबाट लोभिँदै विद्यार्थीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा दशैँ तिहार विच छुट्टीको समयमा कक्षा १० का विद्यार्थीहरुको नतिजा सुधारका लागि सिकाइमा प्रोत्साहन गर्न विविध कार्यक्रम गरिरहेको छ । यसमध्ये खेल विधा एउटा हो ।
पर्दामा देखेका सेलिव्रेटीलाई आफ्नै कक्षा कोठामा भेटेपछि सामुदायिक विद्यालयका विद्यार्थीहरु रमाएका छन् । महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा सिकाइप्रति रुचि जगाउन कार्तिक ४ गतेदेखि सुरु गरेको ‘फेस्टिभल क्याम्प’अन्तर्गत प्रभावशाली व्यक्तित्वसँगको साक्षात्कार कक्षाअन्तर्गत आज चलचित्र निर्माता तथा अभिनेता दिपकराज गिरीले कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा, मिस नेपाल २०१८, श्रृङ्खला खतिवडाले पद्मकन्या विद्याश्रम डिल्लीबजारमा, र गायक वाङ्देन शेर्पाले बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा गएर उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्नुभयो ।
फोरमका छलफल प्रस्तुति र संवादहरु केयर (हेरचाह) र महिलाहरुको आर्थिक सशक्तिकरणलाई आगामी दिनमा थप शसक्त बनाउने, नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माणमा लक्षित हुनेछन् । ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान हुनेछन् । महिला सशक्तिकरणको एशिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) लगायत विषय उठान हुनेछन् ।