वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौँ महानगरपालिकाभित्र भएका अस्पतालहरुले १ वर्षमा २६ जनाको शल्यक्रियासहित १५५ जनालाई निःशुल्क उपचार गरेका छन् । सोमबार बसेको ‘निःशुल्क उपचार निर्देशक समिति’को बैठकमा स्वास्थ्य विभागले यस विषयमा जानकारी गराएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा विभागलाई प्रदेश सरकार तथा स्थानीय तहबाट हुने खाद्य व्यवसायको निरीक्षण तथा अनुगमनमा सहयोग तथा सहजीकरण गर्ने दायित्व दिएको छ । काठमाडौँ महानगरपालिकाले उपभोक्ताहरुको गुणस्तरीय, सुलभ खाद्य अधिकार सुरक्षाका लागि नियमित खाद्य सेवाको अनुगमन गरिरहेको छ । यस्तै क्षेत्रगत रुपमा खाद्य सेवामा आवद्ध व्यवसायीहरुलाई स्वच्छता सम्बन्धी क्षमता विकास तालिम प्रदान गरिरहेको छ ।
तालिममा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सिप (क्यालिग्राफी) र हस्तलिखित दस्तावेज अध्ययन गर्न सिकाइनेछ ।
स्थानीय र सम्पदा अभियन्ताहरुले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) हो भनेर दावी गरेका छन् । यो दावीपछि भेटिएको मूर्ति पूर्ववत स्थानमा फर्काउन सकियोस् भनेर अध्ययन थालिएको हो ।
अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई काठमाडौँ महानगरपालिकाले आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ । आज आधारभूत तह उत्तीर्ण परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीको संयोजकत्वमा बसेको वैठकले यस्ता विद्यार्थी अध्ययनरत विद्यालयमा नै परीक्षा केन्द्र रहने गरी परीक्षाको प्रबन्ध मिलाउनेसहितका सहुलियत सम्बन्धी निर्णय गरेको हो ।
‘भवन निर्माणको ढाँचा सबैतिरको बुझ्नु । अध्ययन गर्नु । तर, भवनको नक्सा बनाउँदा स्थानीय वातावरणीय अनुकुलता र निर्माण सामग्री प्रयोग हुने खालको बनाउनु ।’ महानगरपालिकामा सूचीकृत ‘इञ्जिनियर’ र ‘आर्किटेक्ट’ सहित लघु, साना र मध्यम उद्यमीलाई अधिकारीहरुले आग्रह गर्दै भन्नुभयो, ‘वातावरण अनुकुलन बनाउन उर्जाबाट चलाउनु पर्ने साधन जोड्न प्रोत्साहन नगर्नु । प्राकृतिक उर्जाको प्रयोगलाई पहिलो प्राथमिकता दिनू ।’
परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि संस्थागत विद्यालयहरुको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने गरी परीक्षा कार्यक्रम अगाडि वढाइएको हो । समितिले केन्द्राध्यक्ष खटनपटन, उत्तरपुस्तिका परीक्षणका लागि कोडिङ गर्ने जनशक्ति तथा परीक्षकको तयारी गरिरहेको छ ।
अहिले यो प्रणाली नागरिकको पहुँचमा छैन । नागरिकले सेवा लिन वडामा कागजपत्र लिएर जानुपर्छ । विवरण प्रविष्ट गराउने काम वडाका कर्मचारीबाट हुनेछ । यसरी भरिएको विवरण सेवाग्राहीले रुजु गरेर ठिक हो भनेपछि आवश्यक कागजपत्र समावेश गरेर वडाले अनलाइनबाटै जिल्ला प्रशासन कार्यालयमा पठाउँछ । यति भएपछि जिल्ला प्रशासन कार्यालयले फेरि कम्प्युटरमा विवरण प्रविष्ट गराइरहनु पर्दैन । स्वीकृत गरे मात्र पुग्छ ।