Logo
  • वि.सं.: २०८२, माघ २० मंगलबार

  • इ.स.: 2026 February 3,TUESDAY

  • वि.सं.: २०८२, माघ २० मंगलबार

  • images

    मेट्रो न्यूज

    images

    स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनमा बुद्धमाई अस्पतालको चरम लापर्वाही : ४ पटकको अनुगमनपछि १ लाख रुपैयाँ जरिवाना

    बिहीबार १ कात्तिक २०८१ ०७:३६ PM

    यस अघि थुपारिएको फोहरका खोइ त? प्रश्नको जवाफमा तण्डुकारले अटोक्लेभमा निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताउनुभयो । अनुगमन टोलीले राम्ररी निर्मलीकरण नभएको फोहर महानगरपालिकाले उठाउन नसक्ने जनाउँदै फोहर संकलन गर्ने सवारी साधनका चालकलाई बोलायो । चालक आएपछि तण्डुकारले बोली फेर्नुभयो । यो फोहर त कवाडीले लाने गरेको छ ।

    images

    २०८० मा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लेखाजोखा गर्न वडालाई परिपत्र

    मंगलबार २९ असोज २०८१ ०२:२२ PM

    काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ । असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधानको सट्टा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्याङ्कन दरलाई आधार लिने भनिएको छ ।’

    images

    कार्तिक ४ देखि 'फेस्टिभल क्याम्प' : शैक्षिक नतिजा सुधार, अपेक्षित प्रतिफल

    शुक्रबार​ २५ असोज २०८१ ११:५३ AM

    एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना बिद्यार्थीलाई सहभागी गराइनेछ । गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् । 

    images

    एशिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका लागि उपप्रमुख डंगोललाई निमन्त्रणा 

    बिहीबार २४ असोज २०८१ ०४:१० PM

    सहरीकरण, परिवर्तनशील पारिवारिक संरचना, बसाइँसराइ जस्ता कारण बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको हेरचाह सेवाको माग बढ्ने क्रममा छ । एशिया प्यासिफिक क्षेत्रमा भएको यो अवस्थाबाट सम्मानजनक रोजगारीको अवसर सिर्जना हुन सक्छ । यस प्रकारको सेवाले व्यक्तिलाई उचित हेरचाह र परिवारको आवश्यकता पूरा हुन्छ । 

    images

    मंसिर १ गतेदेखि सामुदायिक विद्यालयहरुमा खेल प्रशिक्षण : माघमा प्रतियोगिता 

    बुधबार २३ असोज २०८१ ०६:३१ PM

    पोखरेलका अनुसार कार्तिकमसान्तभित्र छनोट प्रक्रिया सम्पन्न गर्ने योजना छ । छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ । प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइनेछ ।

    images

    नेपाली युवा विश्व बजारमा प्रतिस्पर्धी भएको महसुस गरेँ, रुपान्तरणका हरेक क्षेत्रमा युवाले नेतृत्व गर्न सक्छन् - उपप्रमुख डंगोल

    मंगलबार २२ असोज २०८१ ०८:५९ PM

    ‘नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरेँ ।’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको विशिष्ट कक्षमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘युवाहरुको क्षमतालाई पहिचान र उपयोग गर्न सके नेपालको उन्नतिमा ठूलो योगदान पुग्नेछ ।’ अमेरिकामा नेपाली डायस्पोरासँगको भेटघाट, संवादको प्रसङ्ग स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अन्तरराष्ट्रिय स्तरमा हासिल गरेका ज्ञान र सिपलाई स्थानीयकरण गर्ने बाटो अहिलेका लागि उपयुक्त हुन्छ ।’  

    images

    ११ वटा क्षेत्रका २६ वटा प्रस्ताव पारित गर्दै ३६ औँ कार्यपालिका बैठक सम्पन्न 

    मंगलबार २२ असोज २०८१ ०७:३५ PM

    ११ वटा क्षेत्रसँग सम्बन्धित २६ वटा प्रस्तावमाथि छलफल र निर्णय गर्दै काठमाडौँ महानगरपालिकाको ३६ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकमा प्रशासन विभागसँग सम्बन्धित ७ वटा, सार्वजनिक निर्माण विभागसँग सम्बन्धित ४ वटा, विपद व्यवस्थापन विभागसँग सम्बन्धित ३ वटा, स्वास्थ्य विभागसँग सम्बन्धित २ वटा, सम्पदा तथा पर्यटन विभागसँग सम्बन्धित ४ वटा प्रस्ताव थिए । यस्तै सूचना प्रविधि, कृषि, राजस्व, सहरी व्यवस्थापन, शिक्षा र कृषि विभागसँग सम्बन्धित एक÷एक वटा प्रस्ताव थिए ।

    images

    पशुपति गौशाला धर्मशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र कोषबिच सहमति पत्रमा हस्ताक्षर 

    मंगलबार २२ असोज २०८१ ०६:२८ PM

    असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय आज बसेको काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा लैजान सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले हस्ताक्षर गर्नुभएको हो ।