Logo
  • वि.सं.: २०८२, चैत ७ शनिबार

  • इ.स.: 2026 March 21,SATURDAY

  • वि.सं.: २०८२, चैत ७ शनिबार

  • images

    मेट्रो न्यूज

    images

    रैथाने तथा परम्परागत खाद्य परिकार बनाउने सिपलाई स्वच्छता र व्यवसायिकता प्रवर्धन गर्न तालिम आयोजना

    आइतबार​ २८ पुस २०८१ ०७:५२ PM

    नेवार समुदायमा बनाइने खाद्य परिकार धार्मिक, सांस्कृतिक, सामाजिक पर्व तथा ऋतु र व्यक्तिको स्वास्थ्यअनुकुलका हुन्छन् । कुनै एक अनाजबाट धेरै परिकार बनाउनु नेवारी खाद्य संस्कृतिको विशेषता हो । यस्तै सन्तुलित आहार खाद्य परिकारको अभिन्न अङ्ग हो । खाद्य संस्कृतिका अनेक आयामको प्रदर्शन र प्रचलित स्वादको प्रवर्धनका लागि तालिमसँगै परम्परागत खाद्य मेलाको आयोजना गरिएको थियो ।

    images

    अधिकार लिन पनि सक्ने र दिन पनि सक्ने प्रदेश चाहिएको हो - प्रमुख शाह 

    आइतबार​ २८ पुस २०८१ ०१:३८ PM

    ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभाष हुन सकेन ।’ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले भन्नुभयो, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो? सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन ।’

    images

    प्राथमिकता निर्धारण गरेर ७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौँ महानगरपालिका  

    शुक्रबार​ २६ पुस २०८१ १२:१७ PM

    काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरुको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको हो ।

    images

    सहरमा भौतिक असुरक्षाका तुलनामा डिजिटल असुरक्षा बढ्दो

    बिहीबार २५ पुस २०८१ ०७:५० PM

    ‘सहरमा भौतिक असुरक्षाभन्दा डिजिटल असुरक्षाको खतरा बढ्रदै गएको छ ।’ सुरक्षा साझेदार अधिकारीहरुले भनेका छन्, ‘सडकको असुरक्षालाई निगरानी गर्न सिसिटिभी क्यामरा जडा गर्न सकिन्छ । सुरक्षाकर्मीको सक्रियता बढाउन सकिन्छ । यसले सम्भाव्य असुरक्षा टार्न सकिन्छ । तर, डिजिटल असुरक्षाबाट व्यक्तिलाई बचाउन व्यक्ति आफ्नै प्रयत्नबाहेक अरुबाट सम्भावित जोखिम घटाउन सकिँदैन ।’ 

    images

    चालु आर्थिक वर्षलाई वेरुजु शून्य बनाउने, सम्परीक्षणबाट विगतका बेरुजु घटाउने महानगरपालिकाको योजना 

    बुधबार २४ पुस २०८१ ०७:१३ PM

    आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता बढाएर चालु आर्थिक वर्षमा वेरुजु शून्य बनाउने र विगत वर्षहरुमा औँल्याइएका वेरुजुलाई सम्परीक्षणबाट घटाउने योजनाअनुरुप काठमाडौँ महानगरपालिकाले काम गरिरहेको छ । आर्थिक वर्ष २०८०/०८१ को अन्तिम लेखा परीक्षणका लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षण अधिकारीसँगको छलफलका क्रममा महानगरपालिकाका अधिकारीहरुले योजना सुनाउनुभएको हो ।

    images

    परिस्थितिजन्य प्रशासनिक संकटबाट कानुनले मात्र बचाउन सक्छ, विधि र प्रक्रियाप्रति प्रतिवद्ध रहनोस् - कार्यवाहक प्रमुख, डंगोल

    मंगलबार २३ पुस २०८१ ०५:१५ PM

    ‘दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्छ । यो कर्मचारीको धर्म हो ।’ विभागीय प्रमुखहरुसँग कुरा गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकट आउन सक्छ । यो संकटबाट केवल कानुनले मात्र बचाउन सक्छ । यसकारण तपाईँहरु कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र प्रतिवद्ध हुनुपर्छ ।’ 

    images

    भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन कार्यवाहक प्रमुख डंगोलबाट सहरी व्यवस्थापन विभागलाई निर्देशन 

    सोमबार २२ पुस २०८१ ०५:०७ PM

    ‘डिजिटल कपी र हार्ड कपी दुवै प्रयोग हुँदा कार्य प्रणालीमा विकृति आउने साना बाटाहरु रहने भए । दुईमध्ये कुन आधिकारिक भन्ने विषयमा प्रश्न आउने भयो ।’ उहाँले भन्नुभयो, ‘विद्युतीय नक्सा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएका छौँ भने हार्ड कपी विस्थापन गरौँ । विवरण सुरक्षाका लागि हार्डकपी चाहिने हो भने, स्वीकृत भएको फाइल प्रिन्ट गरेर सुरक्षा गरौँ ।’

    images

    सहकारीको समस्या सुल्झाउन कानुन पुनरावलोकन, सहकारी वर्गीकरण, कर्जा सूचना केन्द्र स्थापना सहितका काम गर्न १४ बुँदे सुझाव

    सोमबार २२ पुस २०८१ ०९:१५ AM

    सहकारीसँग सम्बन्धित कानुन पुनरावलोकनका लागि महानगरपालिका सम्बद्ध नीति निर्माताहरुसँग छलफल गर्न, सहकारी कानुन र सिद्धान्तको पूर्ण परिपालना तथा कार्यान्वयनका लागि सहकारी अभियन्तासँग सहकार्य गर्न, ऋण असुली संयन्त्र स्थापना गर्न, कर्जा सूचना केन्द्रको स्थापना गर्न, सहकारी शिक्षा तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्न सुझाव प्राप्त भएको छ ।  यथार्थ विवरण तयार गरी सूचकका आधारमा सहकारी संस्थाहरुकोे वर्गीकरण गर्न, जनप्रतिनिधि र अभियानलाई संलग्न गराएर बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियमित रुपमा गैरस्थलगत तथा स्थलगत निरीक्षण तथा अनुगमन गर्न, प्रवर्धन र नियमनलाई थप प्रभावकारी बनाउन सहकारी विभागको क्षमता विकास वृद्धि गर्न, नगरस्तरीय समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न, समस्याग्रस्त सहकारी व्यवस्थापन संयन्त्रमा सम्बन्धित सहकारीका जिम्मेवार पदाधिकारी समेतलाई आवद्ध गर्न सुझाव प्राप्त गरिएको विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।