वि.सं.: २०८२, चैत ७ शनिबार
इ.स.: 2026 March 21,SATURDAY
वि.सं.: २०८२, चैत ७ शनिबार
‘जात्रा, पर्व, संस्कार, संस्कृति तथा मौसम र कामअनुसार खानाका प्रकृति फरक फरक छन् । ‘समयवजी, यमरी, ग्वारमरी, लखामरी, चटामरी, जेरीस्वारी जस्ता कलात्मक र पौष्टिक खाना बनाउने सिप भएका महिलाहरुलाई व्यवसायिक ज्ञान दिन सकियो भने हातमा भएको खाना बनाउने सिप आयआर्जन गर्ने पेशा बन्न सक्छ ।’ उहाँले भन्नुभयो, ‘व्यवसायिक उत्पादन नभएका तर जनजिव्रोमा परिचित स्वादका कारण व्यवसायिक बस्तुका रुपमा उत्पादन गर्न सकिने बस्तुलाई प्रवर्धन गराउनुपर्छ ।
‘मापदण्ड पूरा गरेकालाई प्रमाणीकरण गर्ने योजनामा छौँ । जसको प्रमाणीकरण हुन्छ त्यहाँ व्यापार वृद्धि हुन्छ । जसको प्रमाणीकरण हुृँदैन, त्यहाँ व्यापार पनि हुँदैन । स्तर कायम गराउन व्यवसायीका बिचमा स्वच्छ र सकारात्मक प्रतिस्पर्धा गराउने हाम्रो योजना हो ।’ उहाँले थप्दै भन्नुभयो, ‘प्रमाणीकरण हुनुअघि सबैलाई मापदण्डबमोजिम सञ्चालन गर्ने अवसर प्रदान गर्नेछौँ । स्तर कायम गराउन क्षमता अभिवृद्धि गराउनेछौँ ।’
काठमाडौँ । महानगरपालिकाको वडा नं. १५ ले २४६ जना महिलाहरुलाई साइकल प्रशिक्षण सम्पन्न गरेको प्रमाण पत्र प्रदान गरेको छ । ‘सा...
काठमाडौँ महानगरपालिकाको ३९ औँ कार्यपालिका बैठकले राष्ट्रिय सभा गृह परिसरमा महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल सिंहको पूर्ण कदको शालिक राख्ने निर्णय गरेको छ । आइतबार (पुस १४) प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजामा बसेको वैठकले स्व. सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पु¥याउनु भएको योगदानको सम्मानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो ।
काठमाडौँ महानगरपालिकाको १६ औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ । आज प्रज्ञा भवन कमलादीमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको १६ औँ अधिवेशनले उपप्रमुख एव वजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले पेश गर्नुभएको कार्यक्रम तथा बजेट संशोधनसहित आर्थिक ऐन २०८१ र विनियोजन ऐन २०८१ को पहिलो संशोधन प्रस्तावमा छलफल गर्दै पारित गरेको हो ।
कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गर्नु पर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । शुक्रबार (पुस १२) तीनकुनेमा काटेश्वर महोत्सवको शुभारम्भ गर्दै प्रमुख शाहले, नेपाली उत्पादनसँग व्यापारिक क्षेत्रको पहिचान प्रवर्धन गर्न आग्रह गर्नुभयो ।
अधिकारीका अनुसार व्यवसाय गरेपछि सरकारी निकाय वा संघसंस्थाले पनि कर तिर्नुपर्छ । सामाजिक काम गर्छु भनेर कर छुटको प्रमाण पत्र लिनेले सामाजिक काम मात्र गर्नुपर्छ । व्यापार व्यवसाय गर्न थालेपछि जोसुकैले पनि कर तिर्नुपर्छ ।
काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजना छन् । यी योजनाको लागत १ अर्व ५ करोड ९१ लाख ३ हजार रुपैयाँ रहेको छ ।