वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
यी मरमसला तथा जडिबुटीहरु नेपाली भान्छामा तरकारी, अचार र दालमा प्रयोग गर्ने गरिन्छ । सरीर दुख्दा, पोल्दा, टाउको दुख्दा, ठोक्किएर दुख्दा, मर्किँदा, सुन्निँदा लेप तथा घोल लगाउने, खानामा अरुचि हुँदा, छाला तथा अनुहार डाबर आउने तथा चिलाउने जस्ता समस्या खाने गरिन्छ । परम्परादेखि प्रयोग गरिएका यस्ता जडिबुटी तथा मरमसलाहरुको प्रयोग परम्परागत वैद्यहरुले गर्दै आएका छन् ।
ओजेटी कार्यक्रममार्फत कार्यस्थलमा प्रशिक्षण गर्नेहरुले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । महानगरपालिकाले दक्षता अभिवृद्धि गराउने, प्राप्त दक्षतालाई प्रमाणीकरण गराउने, दक्ष जनशक्तिमा आउने वैदेशिक रोजगारीप्रतिको मोहलाई आन्तरिक उत्पादनमा रुपान्तरण गर्ने योजना बनाएको छ ।
महानगरपालिकाले एउटा केन्द्रीय फार्मेसी र अन्य विभिन्न ५ ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
काठमाडौँ महानगरपालिकाको वडा नं. ३० ले ४३७ जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आज नारायण चौरमा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सम्मान पत्रबाट र वडाध्यक्ष दलबहादुर कार्कीले रुद्राक्षको मालाबाट सम्मान गर्नुभएको हो । सम्मान प्राप्त गर्नेहरुमध्ये ९८ वर्षिया महिला सबैभन्दा पाको उमेरको हुनुहुन्थ्यो ।
वितेका ३ वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक बर्षमा महानगरपालिकाको स्वास्थ्य सेवाप्रति सेवाग्राहीहरुको आकर्षण बढ्दो क्रममा देखिन्छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट उपचारात्मक, प्रवर्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनस्र्थापनात्मक सेवा हुने गरेका छन् ।
महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति छ । महानगरपालिकाका दायित्व र क्षेत्रलाई ३ भागमा बाँडेर सहरी योजना आयोगका सदस्यहरुको संयोजकत्वमा ३ वटा अनुगमन टोली गठन गरिएको छ । यसरी गठित टोलीमा डा. सुरज काफ्लेको संयोजकत्वमा सुशासन तथा सामाजिक विकास अनुगमन, आर्किटेक्ट बाबुराम भट्टराईको संयोजकत्व पूर्वाधार तथा सम्पदा र सरस्वती मानन्धरको संयोजकत्वमा विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोली रहेको छ । स्वास्थ्य विभाग, सहकारी विभाग, शिक्षा विभाग, वातावरण व्यवस्थापन विभागले आफूमातहतका कार्यालय र कामको अनुगमन गर्ने गरेका छन् ।
चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि संस्थागत संरचना र काम, कार्यविधिमा प्रस्ताव गरिएको छ । उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गर्ने, समुदाय, संस्कार, संस्कृति, परम्परा जस्ता मौलिकता प्रवर्धन तथा स्थानीयबासीको आय वृद्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन प्रस्तावित कार्यविधिअन्तर्गत हुने मुख्य क्रियाकलाप हुन् ।
प्रारम्भिक बाल विकास केन्द्र र ५ वर्षका (४८ देखि ६० महिनासम्मा) बालबालिकामा हुनु पर्ने सर्वाङ्गीण विकास सुनिश्चित गर्न बालबालिकाको स्तर पहिचान तथा उपचारात्मक रणनीतिमा तालिम केन्द्रीत थियो । यस अन्तर्गत सहभागीले शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरू सम्बन्धित क्रियाकलापमा दैनिक कार्यतालिकामा आधारित रहेर सुक्ष्म शिक्षण समेत गरेका थिए ।