
वि.सं.: २०८२, भदौ २४ मंगलबार
इ.स.: 2025 September 9,TUESDAY
वि.सं.: २०८२, भदौ २४ मंगलबार
गएको ६ बर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रुपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवर्जस्ती करणी गरिरहेको बालिकाले बताएकी छन् । उनी अहिले १७ वर्षकी छिन् ।
यसिं लिन उनीहरु भक्तपुरको चित्तपोल पुग्नेछन् । केन्द्रीय मानन्धर संघबाट इन्द्रजात्राका लागि संयोजकका रुपमा प्रतिनिधित्व गर्नुहुने सन्देश मानन्धर भन्नुहुन्छ, विधिवत पूजा गरिसकेपछि आजै बेलुकी ०८ बजेर २७ मिनेटको साइतमा बृक्ष कटान हुनेछ । आज कटान गरिएको यसिं (लिङ्गो) गुठीयारहरुले भोलिदेखि तानेर ल्याउने छन् । यसलाई भोटाहिटीमा ल्याएर राखिनेछ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा आयोजना हुने मूल समारोह स्थलको सरसफाइ गर्ने, बस्नका लागि ७ सय वटा कुर्सी, साउण्ड...
काठमाडौँ । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट सुरु भएको छ । फोहर व्यवस्थाप...
२६ गते बुधबार विहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइन्छ । भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुन्छ । असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।
सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले भन्नुभयो, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’
काठमाडौँ महानगरपालिकाको ३५ औँ कार्यपालिका बैठकले, जग्गा एकीकरण आयोजनाले विकास गरेको आवासीय प्रयोजनको जग्गा हस्तान्तरण सम्बन्धी कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको ३५ औँ कार्यपालिका बैठकले यससँगै प्रदुषण नियन्त्रण मापदण्ड, बाँदर व्यवस्थापन कार्यविधि, लहरे वत्ती व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो । यस्तै कल सेन्टर (सम्पर्क केन्द्र) सञ्चालन निर्देशिका २०७९ लाई संशोधन गर्न, सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि, २०७८ मा संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ ।
ल्याबका सञ्चालकले सडक वारिपारि हुने गरी सुरक्षित गर्भपतन सेवा पनि सञ्चालन गरेका छन् । गर्भपतन गर्दा उत्पादन हुने फोहर कसरी व्यवस्थापन हुन्छ? प्रश्नको जवाफमा सञ्चालकले निसंकोच भने, ‘शौचालयमा हालेर बगाइदिन्छौँ ।’