Logo
  • वि.सं.: २०८२, माघ २० मंगलबार

  • इ.स.: 2026 February 3,TUESDAY

  • वि.सं.: २०८२, माघ २० मंगलबार

  • images

    मेट्रो न्यूज

    images

    सेवा प्रवाहमा खटिनेले परीक्षा दिनमाभन्दा धेरै तयारी गर्ने मनस्थिति बनाउनुपर्छ - उपप्रमुख डंगोल

    शनिबार २६ माघ २०८१ १२:३८ PM

    अभिमुखीकरणमा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले सहजकर्ताबाट गरिएको अपेक्षा, सहजकर्ताका सर्त तथा दायित्व, स्थानीय विवाद समाधानका उपायका बारेमा प्रस्तुतिकरण गर्नुृभएको थियो । आचार्यका अनुसार लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शब्द, भाषा, वाक्य र व्यहोरा शिष्ट, सभ्य, मर्यादित र कानुनमा तोके बमोजिम बनाउनु पर्ने सहजकर्ताको मुख्य काम हो । कानुनी लिखतहरुको मस्यौदा गर्दा सेवाग्राहीसँग रहेको कागज प्रमाण, निजले व्यक्त गरेको तथ्यगत व्यहोरा र सबुदको मूल्याङ्कन गर्ने, प्रचलित संघीय, प्रदेश र महानगरपालिकाबाट जारी गरिएका कानुनी प्रबन्धहरुसँग पछिसम्म फरक नपर्ने कुराको यकिन गर्ने सहजकर्ताको मुख्य दायित्व हो ।  सेवाग्राहीको आवश्यकता अनुसार सामान्य निवेदन, उजुरी निवेदन, फिराद पत्र, प्रतिउत्तर पत्र, लिखित जवाफको मस्यौदा गरिदिने, मौखिक उजुरी परामर्श दिने न्यायिक सहजकर्ताको काम हो ।

    images

    वडा नं. २९ को प्रशासकीय भवन उद्घाटन : सहज र सरल सेवामा अबको जोड 

    शुक्रबार​ २५ माघ २०८१ ०८:४० PM

    वेसमेन्टसहित भवनको क्षेत्रफल १२ हजार वर्गफिट रहेको छ । २० आना जमिनमा नेपाली परम्परागत शैलीमा निर्माण भएको भवनको पूर्व र पश्चिम दुवैतर्फबाट भवनमा प्रवेश गर्न सकिन्छ । करसहित करिब ५ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनको वेसमेन्टमा चारपाङ्ग्रे गाडी ६ वटा र  दुईपाङ्ग्रे २५ वटा सवारी साधन अट्न सक्छन् । भवनको जमिन तला, पहिलो तला र दोस्रो तलालाई कार्यालयबाट प्रदान गरिने सेवाका लागि उपयोग गरिनेछ । दोस्रो तलामा १ सय जना क्षमताको सभा कक्ष छ । तेस्रो तलामा १ जनाका लागि तालिम सञ्चालन गर्न सकिने कक्ष बनाइएको छ । भवनमा ६ जना क्षमताको लिफ्ट जडान गरिएको छ । भवनको वरिपरि खुला भाग र बिश्राम गर्ने मिल्ने स्थान बनाइएको छ । 

    images

    सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि स्मार्ट बोर्ड प्रदान गरिने

    शुक्रबार​ २५ माघ २०८१ ०७:११ PM

    काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि स्मार्ट एलइडी बोर्ड उपलब्ध गराउने भएको छ । विहीबार नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको समितिको बैठकले वोर्ड वितरण गर्ने निर्णय गरेको हो । शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयहरुमा वितरण गर्ने निर्णय गरेको हो । यसका लागि ३१३ थान बोर्डहरु खरिद गरिएका छन् । 

    images

    वडाको प्रतिनिधित्व गर्दै खेल प्रतिस्पर्धामा पदक विजेता खेलाडी, प्रशिक्षकसहित प्रतिष्ठा वृद्धिमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान सम्पन्न

    बुधबार २३ माघ २०८१ ०५:४१ PM

    काठमाडौँ महानगरपालिकाको वडा नं. २६ को प्रतिनिधित्व गर्दै विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान गर्ने व्यक्तित्वसहित सांस्कृतिक प्रतियोगितामा विजय हासिल गर्ने व्यक्तिहरुलाई सम्मान प्रदान गरेको छ । आज वडामा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले सम्मान प्रदान गर्नुभएको हो ।

    images

    नवकिशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सुरु : काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार ९८५ जनालाई खोप दिने लक्ष्य 

    मंगलबार २२ माघ २०८१ ०७:१० PM

    काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार ९८५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने लक्ष्य राखिएको छ । सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइनेछ । सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका खोप केन्द्र सञ्चालन भएको छ । यसमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन् । 

    images

    सरस्वती पूजाका दिन ९७१ जना बालबालिका सामुदायिक विद्यालयको प्रारम्भिक बाल विकास कक्षामा भर्ना  

    मंगलबार २२ माघ २०८१ ०९:५३ AM

    काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् । माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन् ।  भर्ना निःशुल्क हो । यस कक्षामा भर्ना गर्ने क्रम शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्वसम्म नियमित चलिरहन्छ । 

    images

    ५९९ वटा सवारी साधनको प्रदुषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत 

    सोमबार २१ माघ २०८१ ०७:३४ PM

    प्रदुषण नियन्त्रणका लागि पुस २९ गतेदेखि थालिएको यो सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ । यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारी साधनहरुलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरपालिकाको तयारी छ ।   सञ्चालनमा रोक लगाउनु अगाडि सुधार गरेर चलाउने मौका दिइनेछ । यो अवसरलाई प्रयोग गर्न अटेर गर्नेलाई जरिवाना तिराएर सञ्चालनमा रोक लगाइनेछ । 

    images

    सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सहिदहरुको स्मृति सभा 

    बुधबार १६ माघ २०८१ ११:१६ AM

    वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थान रहेका सहिदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । ४ सहिदका सालिकमध्ये महानगरपालिकाले २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरेको हो ।