वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
भवनको प्लिन्थ एरिया ९४० वर्गफिटको हुनेछ । ९.०४ मिटर उचाइ (तीन तले) हुने भवनको जमिन तला, मध्य भागमा प्राङ्गण हुनेछ । भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र वहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुनेछन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।
काठमाडौँ महानगरपालिकाभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिको नामावली छात्रवृत्ति छनोट समितिको निर्णय मात्र मान्य हुने शिक्षा विभागले जनाएको छ । शिक्षा अधिकृत नेत्रनारायण पौडेलले आज सबै संस्थागत विद्यालयहरुलाई परिपत्र गर्दै जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाती, द्वन्द्व पीडित र सहिदका परिवारलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभएको छ । लक्षित वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन सम्बन्धित विद्यार्थी र अभिभावकबाट आवेदन लिन, छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सूचना पाटीमा टाँस गर्न र आउँदो जेठको पहिलो हप्ताभित्र महानगरपालिकाका विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।
विभागमा टाँस गरिएको सूचनामा भनिएको छ, ‘अनधिकृत व्यक्तिसँग लिइने सूचना र आंशिक सूचनाले सेवाग्राहीमा अन्योलता सिर्जना हुन सक्छ । यसर्थ विभागबाट प्रदान गरिने कुनै पनि प्रकारका सेवामा द्विविधा भए विभागका प्रमुख डि. इ. हरिश्चन्द्र लामिछानेको मोवाइल नम्बर ९८५१०५२०७३ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।’
नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि आधारभूत तालिम, विपद व्यवस्थापन तालिम, ट्राफिक व्यवस्थापन तालिमसहितका क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सिप मेला २०८१ बाट अटोमोबाइल्स विधामा सिप सिकेका ५ जना प्रशिक्षार्थीहरुलाई थिगोले ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने भएको छ । यसका लागि थिगोले १० जना उम्मेदवार अन्तर्वार्ताका लागि छोटो सूचीमा राखेको थियो । उहाँहरुबाट ६ जना ओजेटीका लागि छनोट हुनुभएको हो । ट्रेनिङ्का लागि छनोट हुनुभएका प्रशिक्षार्थीले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नुहुनेछ ।
पुनःनिर्माणका क्रममा केशरमहलबाट नारायणहिटी पर्खालहुँदै सोह्रखुट्टेतर्फ लाग्ने चोकबाट लैनचौर फुटबल ग्राउण्ड नजिकसम्म आइल्याण्ड निर्माण गरिएको छ । आइल्याण्डको मध्य भागमा देवघर बनाइएको छ । आइल्याण्डमा गमलामा फूल राखेर सजावट गरिएको छ । मन्दिर तले शैलीमा बनाइएको छ । देवस्थल भने सडक सतहभन्दा केही तल छ ।
‘आय, व्यवसाय र पेशाअनुसार करदाताले फरक फरक ठाउँमा कर तिर्नु बुझाउनुपर्छ । यसरी कर, शुल्क, दस्तुर तथा राजस्व बुझाउँदा करदाताले अन्योल हुनु नपरोस् । कर तिर्ने करदाताहरुले प्राप्त गर्ने छुटसहितका सुविधा छन् । ती सुविधा सजिलै प्राप्त गर्ने वातावरण बन्न सकोस् ।’ महर्जनले भन्नुभयो, ‘हामी यसका लागि काम गरिरहेका छौँ ।’
उहाँको २०८२ वैशाख १२ गते शुक्रबारका दिन निधन भएको हो । उहाँको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ । वि. सं. २००४ साल माघ २९ गते जन्मनुभएका डंगोल लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहनुभएको थियो । उहाँको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनु पर्ने डाइलाइसिस गएको विहीबार मात्र पनि गरिएको थियो ।