भेटका क्रममा यसअघिका भेटका क्रममा भएका कुराकानी, त्यस क्रममा प्रतिवद्धता व्यक्त भएका कार्यक्रमको कार्यान्वयन अवस्था र आगामी सम्भावित कार्यक्रमका विषयका कुराकानी भएको थियो । यस क्रममा युनेस्को रचनात्मक सहर सञ्जालमार्फत कला, साहित्य, सिर्जना, चलचित्रसहित रचनात्मक उद्योगमा आपसी कार्यक्रम गर्न सकिने सम्भावना व्यक्त भए । उपप्रमुख डंगोलले गएको बर्ष गर्नुभएको अष्ट्रेलियाको भ्रमण र सिकाइका विषयमा पनि समीक्षात्मक कुराकानी भएको थियो ।
जात्रामा नारायणको भजन गाउँदै खटको गजुर उल्टो पारेर देउतालाई माथि राखेर नगर परिक्रमा गराइन्छ । यससँगै रथलाई उल्टो घुमाउनु, भगवानलाई श्रद्धापूर्वक मैनको फूल चढाउनु जात्राको अर्को विशेषता हो । यस्तै परम्पराका कारण जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो ।
यस अघि थुपारिएको फोहरका खोइ त? प्रश्नको जवाफमा तण्डुकारले अटोक्लेभमा निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताउनुभयो । अनुगमन टोलीले राम्ररी निर्मलीकरण नभएको फोहर महानगरपालिकाले उठाउन नसक्ने जनाउँदै फोहर संकलन गर्ने सवारी साधनका चालकलाई बोलायो । चालक आएपछि तण्डुकारले बोली फेर्नुभयो । यो फोहर त कवाडीले लाने गरेको छ ।
काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ । असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधानको सट्टा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्याङ्कन दरलाई आधार लिने भनिएको छ ।’
एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना बिद्यार्थीलाई सहभागी गराइनेछ । गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् ।
सहरीकरण, परिवर्तनशील पारिवारिक संरचना, बसाइँसराइ जस्ता कारण बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको हेरचाह सेवाको माग बढ्ने क्रममा छ । एशिया प्यासिफिक क्षेत्रमा भएको यो अवस्थाबाट सम्मानजनक रोजगारीको अवसर सिर्जना हुन सक्छ । यस प्रकारको सेवाले व्यक्तिलाई उचित हेरचाह र परिवारको आवश्यकता पूरा हुन्छ ।
पोखरेलका अनुसार कार्तिकमसान्तभित्र छनोट प्रक्रिया सम्पन्न गर्ने योजना छ । छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ । प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइनेछ ।
‘नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरेँ ।’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको विशिष्ट कक्षमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘युवाहरुको क्षमतालाई पहिचान र उपयोग गर्न सके नेपालको उन्नतिमा ठूलो योगदान पुग्नेछ ।’ अमेरिकामा नेपाली डायस्पोरासँगको भेटघाट, संवादको प्रसङ्ग स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अन्तरराष्ट्रिय स्तरमा हासिल गरेका ज्ञान र सिपलाई स्थानीयकरण गर्ने बाटो अहिलेका लागि उपयुक्त हुन्छ ।’