Logo
  • वि.सं.: २०८३, जेठ २२ शुक्रबार​

  • इ.स.: 2026 June 5, FRIDAY

  • वि.सं.: २०८३, जेठ २२ शुक्रबार​

  • images

    मेट्रो न्यूज

    images

    महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न : विविधसहित २७ वटा विषयमा छलफल

    आइतबार​ २२ चैत २०८२ ०७:२८ PM

    वैठकले विवाद व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२  र मेट्रो मार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ गरी २ वटा कार्यविधि स्वीकृत गरेको छ । ३ वटा कार्यविधि संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ । यसरी सहमति प्रदान गरिएका कार्यविधिहरुमा श्रम बैंक सञ्चालन कार्यविधि, २०८०, पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि, २०७८ र साझेदारी तथा लगानी ऐन, २०७९ रहेका छन् ।  यस्तै एउटा कानुन, एउटा मापदण्ड र ८ वटा वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान भएको छ । यसरी सहमति प्रदान गरिएको काुनमा  कार्यस्थलमा हुने लैङ्गिक हिंसा लगायत अन्य सबै किसिमका लैङ्गिक हिंसा विरुद्धको कानुन रहेको छ । कार्यविधितर्फ होमस्टे दर्ता तथा नविकरण कार्यविधि, सामुदायिक विद्यालय सार्वजनिक खरिद कार्यविधि, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, प्रारम्भिक बाल विकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, विशेष शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, शैक्षिक गुठी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त सहर व्यवस्थापन कार्यविधि रहेका छन् । यस्तै अस्थायी संरक्षण गृह सञ्चालन सम्बन्धी मापदण्ड तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ । 

    images

    सहकारी क्षेत्रको वित्तीय सुशासनमा जोड दिँदै ६९ औँ सहकारी दिवस मनाइयो 

    शनिबार २१ चैत २०८२ ०७:५५ PM

    विभागमा आउने धेरै उजुरीहरु सञ्चालक समितिका सदस्य, वचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित छन् । हस्तान्तरण नभएको, नगरेको, गर्न नचाहेको, ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, वचतकर्ताले तनाव दिएको, आफू सञ्चालक भएको आफैँलाई जानकारी नभएको, हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएको जस्ता समस्या सञ्चालकका समस्या हुन् । 

    images

    प्रारम्भिक बाल विकास सहजकर्ताका लागि ५ दिने क्षमता विकास तालिम सम्पन्न : ११९ जना सहजकर्तालाई तालिम दिने लक्ष्य 

    शुक्रबार​ २० चैत २०८२ ११:४६ AM

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाल विकास सहजकर्ताका लागि ५ दिने क्षमता विकास तालिमको पहिलो चरण सम्पन्न गरेको छ । चैत १५ गतेद...

    images

    काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने  

    बिहीबार १९ चैत २०८२ १०:२८ AM

    काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । 

    images

    २ पाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र सहज बनाउँदै लगिने 

    बुधबार १८ चैत २०८२ १०:३० AM

    यो प्रिहस्पिटल मेडिकल सर्भिस हो । यो सेवा सञ्चालनका लागि महानगरपालिकाले २०७६ वैशाख महिनामा केन्द्रसँग सम्झौता गरेको हो । त्यस यता महानगरपालिकाले १३ करोड ४४ लाख रुपियाँ अनुदान प्रदान गरेको छ । अहिलेको सञ्चालन अभ्यासमा एक जना विरामीका लागि १ हजार ६०५ रुपियाँ खर्च हुने गरेको छ ।  यो खर्च महानगरपालिकाले व्यहोर्दै आएको छ । 

    images

    स्तन, पाठेघरको मुख तथा सर्भाइकल क्यान्सर निःशुल्क परीक्षण सुरु : जाँचका लागि पहिलो दिन १३६ जनलाई रिफरल स्लिप

    सोमबार १६ चैत २०८२ ०४:५३ PM

    ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ ।  १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ । 

    images

    वडा स्तरमा प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाहरुको उत्साह 

    आइतबार​ १५ चैत २०८२ ०६:१० PM

    तालिममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । सरीरबाट रगत बग्दा, नाकबाट रगत बग्द नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ । 

    images

    ‘उत्तर विधायिकी परीक्षण’ र ‘जुरी मेट्रिक रिसर्च’का लागि काठमाडौँ महानगरपालिका र डीनको कार्यालय बिच सम्झौता

    शुक्रबार​ १३ चैत २०८२ १०:२६ AM

    सम्झौता बमोजिम नगर सभाले हालसम्म जारी गरेका सबै ऐन र नगर कार्यपालिकाबाट जारी गरेका नियमावली, निर्देशिका र कार्यविधिहरुको कानुन कार्यान्वयन गर्ने सम्बद्ध विभाग र सरोवालाहरुसँग समेत छलफल गरी ती कानुनहरुको प्रभाव र प्रयोगको मूल्याङ्कन गरी आवश्यक संशोधन प्रस्तावको मस्यौदा तयार हुनेछ ।  कानुन संकायका प्राध्यापक, विषय विज्ञ तथा विद्यावारिधि शोधार्थीहरुमार्फत महानगरपालिकाका लागि कानुन तर्जुमा, विद्यमान कानुनको पुनरावलोकन, कानुन शंसोधन प्रस्ताव (तीन महले) तयारी, स्थानीय न्याय सम्पादन, स्थानीय विवाद निरुपण, मेलमिलाप प्रवर्धन, न्यायिक समितिको क्षमता विकास, जुरीमेट्रिक रिसर्च, स्थानीय शासन तथा प्रशासनमा विधि र कानुनी शासनलाई थप संस्थागत गर्न आवश्यक नीति तथा अन्य कानुनी प्रवन्धहरुको अध्ययन अनुसन्धान हुनेछ ।