वि.सं.: २०८३, साउन १ शुक्रबार
इ.स.: 2026 July 17, FRIDAY
वि.सं.: २०८३, साउन १ शुक्रबार
वडा सदस्य एवं कार्यक्रमका संयोजक रेनु श्रेष्ठले भन्नुभयो, ‘हाम्रो तथ्याङ्कमा वडाभित्र करिब २ सय जना एकल महिला हुनुहुन्छ । उहाँहरुमध्ये करिब १४५ जना सम्मान कार्यक्रममा सहभागी हुनुभयो । कति जना त इच्छा भएर पनि अझै आउन सक्नुभएन । उहाँहरुलाई सामाजिक रुपमा एकल महिलाका रुपमा खुल्न अझै पनि संकोच र डर छ ।’
‘ट्राफिक व्यवस्थापनमा सहरको मुहार मात्र हेरेर होइन, झट्ट हेर्दा नदेखिने ठाउँहरुमा कसरी व्यवस्थापन भइरहेका छन् । त्यो पनि हेरेर काम गरौँ ।’ काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘कालोपत्रे सडकमा पार्किङ गरिएको छैन । यसले सहरको मुहार राम्रो देखाएको छ । यो राम्रो मुहार त्यति बेला चम्किलो हुन्छ, जुन बेला भित्री गल्ली र चोकहरु सवारी साधनको चाप व्यवस्थापन हुन्छ । सवारी चालकले ढुक्क भएर पार्किङ स्थल कुन हो भनेर चिन्न सक्छन् । र, उपयोग गर्न सक्छन् । एकातिरको चाप अर्कोतिर सर्दैन ।’
वैठकमा आफूले चयन गरेको विधा र यसअन्तर्गत सम्पन्न कामका विषयमा जानकारी गराउने क्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, चलचित्र विधाले रचनात्मक उद्योगका अरु विधालाई चलचित्रबाट समेट्न सकिने र समुदाय स्तरमा रचनात्मक अर्थतन्त्रलाई चलायमान बनाउन सकिने भएकोले काठमाडौँले चलचित्र विधा चयन गरेको बताउनुभयो । ‘काठमाडौँका समुदायभित्र लुकेका कथालाई चलचित्रको कथाको प्लट र पात्रसँग जोड्न सकिने, काठमाडौँलाई खुला स्टुडियोको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका वडा नं. २३ बाट आयोजित कार्यक्रमको मञ्चमा उभिएका गैरनेपाल भाषी विद्यार्थीले नेपालभाषा (नेवारी) मा धाराप्रवाह कविता सुनाएको दृश्य रोचक थियो । यो दृश्य रोचक मात्र थिएन । काठमाडौँ महानगरपालिकाले लागु गरेको स्थानीय पाठ्यक्रमको प्रभाव कति गहिरो छ भन्ने कुराको प्रमाण पनि थियो ।
काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्न लागेको ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने बताउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट तथा कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले फिल्मलाई मनोरञ्जनका रुपमा मात्र लिनु नहुने बताउनुभएको छ । यो मनोरञ्जनको माध्यम त हो नै । यस बाहेक शिक्षा, सूचना, सन्देश तथा जानकारीको संवाहक र रचनात्मक उद्योगको विकास गर्ने क्षेत्रका रुपमा परिचित गराउनु पर्ने वेला आएको उहाँको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाले नगर सभाको १९ औँ अधिवेशन जेठ ३१ गते आइतबार विहान ११ बजेका लागि आव्हान गरेको छ । आज काठमाडौँ प्लाजास्थित सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ५० औँ कार्यपालिका बैठकले नगर सभाको बैठक मिति तय गरेको हो ।
काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ । राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता डंगोलले, सहयोगापेक्षी मानवमुक्त घोषणा गर्दै यसको कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गर्नुभएको छ । यसपछिका दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीहरुको व्यवस्थापन कार्यमा सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौता पत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डंगोलले, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलले र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको छ । ‘बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगरपालिका क्षेत्र घोषणा २०८३ को कार्यान्वयन सुनिश्चितताका निमित्त आवश्यक पूर्वाधारहरू खडा गर्न, संयन्त्र विकास गर्न, सम्बन्धित कार्यालय, निकाय तथा स्थानहरूमा घोषणा सम्बन्धी सूचनाहरू सम्प्रेषण गर्न हामी प्रतिवद्धता व्यक्त गर्दछौँ ।’ हस्ताक्षरकर्ताहरुले संयुक्त प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाल पुलिस क्लव, काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपको विजेता बनेको छ । टीम र्याङिकङमा विजेता क्लवलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो । ललितपुरको सातदोबाटो स्थित पौडी पोखरीमा शनिवार र आइतबार सञ्चालन भएको च्याम्पियनसिपमा १,०३६ अंकसहित क्लव पहिलो बनेको हो । ७७८ अंकसहित निसर्ग बाटिका स्कूलले फस्ट रनर अप स्थान र ५७६ अंकसहित नेपाल एपीएफ क्लवले सेकेण्ड रनरअप स्थान प्राप्त गरेका छन् । आइतबार भएको कार्यक्रममा फस्ट रनरअपलाई २५ हजार रुपियाँ, सेकेन्ड रनरअपलाई १५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो ।